प्रचण्डलाई नोबेल शान्ति पुरुस्कार दिनुपर्दछ

Screenshot_2016-08-05-10-59-56-1दिल निशानी मगर

मधेशमा अस्थिरता बढेर देश विखण्डनको दिशामा जाने खतरा बढिरहेको बेला प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री बनेका छन् । संविधानको संस्थागत गर्ने जिम्मा प्रचण्डको काँधमा आएको छ । त्यो भनेको विभिन्न समुदायले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न सक्ने पदमा प्रचण्ड वाहली भएका छन् । सबैको नजर अबको निकाश कसरी हुन्छ भन्नेमा छ । नयाँ संबिधानमा असहमति जनाइरहेका मधेस केन्द्रित दलहरूलाई शान्तिपूर्ण निकास दिनको लागि भनेर कांग्रेसले प्रचन्डलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको कुरा देउवाले संसदमा दिएको अभिव्यक्तिबाट थाहा हुन्छ ।

केपी ओली सरकारले गर्न नसकेको काम भनेकै संविधान संस्थागतमा ध्यान नदिनु हो । नेपालमा भारत विरोधी भावना फैलनुमा ओलीको ठुलो हात छ । यति मात्र होइन् देश भित्र पनि जनजाति मधेसी दलित आदिवासीलाई निकै तल्लो स्तरमा उत्रेर गाली गलौज र तिनको अपमान गर्ने ओलीले आन्तरिक राष्ट्रियतालाई समेत मजबुद पार्न सकेका थिएनन् साथि बदल्न सकिन्छ, तर छिमेकि बदल्न सकिन्न भनेर देउवाले यो कुराको पुष्टि गरेका पनि छन् । उता आन्दोलनरत मधेश केन्द्रित दलहरूले प्रचन्डलाई समर्थन गरेर मतदान गर्नुको कारण पनि आफ्ना माग प्रचण्ड मार्फत पुरा गराउनकै लागि हो ।

p 1

मधेसलाई मुलधारमा ल्याउने प्रचण्डः

संसद्मा सम्वोधन गर्दै प्रचण्डले आफु अस्थिर भएको तर देशलाई स्थिर दिशामा लैजान आफ्नो अस्थिरताले काम गरेको बताएका थिए । वास्तवमा प्रचण्ड अस्थिर नभएको र कट्टरपन्थी कार्यकर्ताको साथमा हिडेको भए राजधानिमा एकै दिनमा पचास हजार मानिस भाताकभुतुक हुने स्थिति बन्थ्यो । केपी ओलीका कारण संविधान आएको पनि होइन । प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउँछु भनेर फकाएपछि न संविधान जारि हुन सकेको थियो । गणतन्त्रवादिलाई ओलीले अपमान गर्दै बयल गाढा चढेर अमेरिका जान सकिन्न भनेको धेरै भएको छैन् ।

पछिल्लो समय ओलीको अराजक क्रियाकलाप मार्फत दश मुठभेडको स्थितिमा जाने निश्चित थियो । किनभने ओलीको राष्ट्रियता भनेको एक जात एक धर्म एक संकृति र एक परम्परा बाहेक अरू होइन भन्ने कुरा उनको राजनैतिक विचारलाई नजिक बाट नियाल्ने हो भने सहजै बुझ्न सकिन्छ । यति सम्म कि संघियता थेग्न सकिन्न भन्दै बाख्राको टाउँकोमा खसीको सिङ कि के भनेका थिए । संसद्मा प्रचण्डले गरेको सम्वोधनमा ओली राजावादीहरूसँग नजिक भएको र सबै परिवर्तनहरू उनलाई मन नपरेको बताएका थिए । समानुपातिक सहभागिता पनि ओलीलाई मन नपरेको कुरा बुझ्न सकिन्छ ।

यस्तो अबस्थामा ओली सरकारलाई साथ दिनु भनेको गरिब उत्पीडित जनताका सपनाहरू माथि घात गर्नु सरह थियो । न देश भित्रको आन्तरिक राष्ट्रियता मजबुद बनाउन ओलीले पहलकदमी लिन सके न देश भित्रका आफ्नै नागरिकहरूलाई सहमतिको बिन्दुमा ल्याउन सके । उखान टुक्काको भरमा केहि दिन रमाइलो गर्न त सकिएला तर अफ्ठ्यारो स्थितिलाई ठिक ढंगले सम्वोधन गर्न सकिदैन् । अहिले देश अफ्ठ्यारो बिन्दुमा छ शान्ति प्रकियालाई सम्पन्न गर्नुपर्ने छ । प्राप्त उपलब्धिहरूलाई सस्थागत गर्नुपर्ने छ । र सबै जनताहरूको भावनालाई संविधानमा समेट्नु पनि छ ।

प्रचण्डलाई नोबेल शान्ति पुरुस्कार दिनु पर्दछः

संसदीय व्यवस्था मान्दिन भन्नेहरूको लागि वैचारिक रूपमा प्रचण्ड बेठिक हुन सक्छन् । जनवादी व्यवस्थामा विस्वाश गर्ने माओवादीहरूले यिनै मुलभूत कुरामा फरकमत राखेर पार्टीबाट अलग भएका हुन् । यसै कारणले नै माओवादि पार्टीमा टुटफुट हुदै आएको देखिन्छ । एकता प्रक्रिया पनि भएको देखिन्छ तर गहन रूपमा हेर्ने हो भने नेपाललाई शान्तिको गोरेटोमा अगाडी लैजान र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रचण्डले आफु सकिएर भएपनि विभिन्न आलोचना र पिडाहरू खेपेर पनि अगाडी बढिरहेकै छन् । देशलाई दुर्घटना हुनबाट जोगाउन सबैभन्दा ठुलो पार्टी सानो आकारमा झरेका छन् ।

p2

त्यसकारण के बुझ्न सकिन्छ भने नेपालमा शान्ति होस विकाश होस् र प्राप्त उपलव्धि र संविधानलाई संस्थागत गर्न सकियोस् भन्ने चिन्ता बाहेक प्रचण्डमा अरु देखिदैन । उनि पार्टी भन्दा माथि उहेर अगाडी बढेका छन् युद्ध हाँकेको एउटा सर्वोच्च कमान्डरलाई पक्कै पनि शान्तिको नेतृत्व गर्न सहज छैन । आफ्नै पार्टी भित्रका चट्टानी गालि सहनु परेको छ । तर पनि प्रचण्डले शान्ति प्रक्रियालाई पुरा गरेरै छाड्ने अठोट गरेका छन् स्वर्गीय गिरिजा प्रसाद कोइरलासँगको सहकार्यमा जे जति चिजहरू अगाडी बढे तिनले साकाररूप लिन बाँकी नै छ ।

दलहरूविच व्यापक असहमति हुदाँ नागरिक सर्वोच्चताको विपरित अदालतले मानिसलाई देशको कार्यकारी सुम्पेर चुनावमा गएको सत्य हो । अब बाँकी कार्यभार पुरा गर्न नौ नौ महिनाको आलोपालो सरकार संचालित हुनु कुनै नौलो कुरा होइन् संसदीय व्यवस्थाको सुन्दरता नै यही रहेछ भन्ने बुझ्न जरूरी भयो । यद्दपी यसमा धेरैको विचार फरक हुन सक्छ । सरकार फेरिदा संसदीय व्यवस्थाको नाइके किन दुखि छ यसै भन्न सकिनन् । तर संसदीय व्यवस्था रहदाँ सम्म यस्तो खेल जारि रहनेछ । प्रचण्ड यो खेल रहरमा खेलका हैनन् बाध्यता छ । उनिसँग त्यो बाध्यता भनेको प्राप्त उपलब्धिलाई जोगाउने हो ।

क्रान्ति र शान्तिका नाइके प्रचण्ड नोबेल शान्ति पुरस्कारका भागिदार हुन सक्छन । किनभने उनले शान्तिको नेतृत्व गरेका छन् । ओलीले देशलाई अस्थिरतामा लैजान लागेको बेला प्रचण्डले क्रमभंग गरेका छन् र छलांग मारेका छन् । यो छलांग क्रान्तिको लागि भने हैन । शान्ति र स्थिरताको लागि हो । दिगो विकाश र संविधानमा असन्तुष्टि जनाइरहेका समुदायलाई खुसि बनाउनका लागि नै हो । यदि यसो हुन सकेन भने देश मुठभेडमा जाने निश्चित छ । मधेस मात्र हैन देशका हरेक भागहरूमा आगो बल्ने निश्चित छ ।

प्रचण्डको कार्यभारः

सरकार परिवर्तन हुँदा पनि भारतले बनाएको हो । सरकार बन्दा पनि भारतले बनाएको हो भन्ने मानसिकता बोकेका मानिसहरूलाई पनि भारतले बनाएको त हैन भन्ने प्रश्न उठ्न सक्छ । कि ति गुप्तचर विभागमा काम गरेका हुन सक्छन् । तर आम रूपमा भारतले नेपालको सरकार बनाउछ र बदल्छ भन्ने कुरा प्रचारमा आएको छ । यो भ्रम लाई तत्काल चिर्न जरूरी छ । भारतको समर्थन लिने कुरा वा भारतलाई असल छिमेकीको नाताले सोहि अनुरूपको व्यवहार गर्ने कुरा स्वभाविक हो । हाम्रो जस्तो हाडनाता जोडिएको मुलुकमा त झन यस्तो हुन्छ नै भारतसँगको सम्वन्धलाई नयाँ रूप दिने प्रचण्डको पहिलो कार्यभार हो ।

p3

दोश्रो संविधानलाई पूर्णता दिन असन्तुष्ट समुदायलाई सहमतिमा ल्याउनु हो । त्यसको लागि संविधान संसोधनको अर्को विकल्प नै देखिदैन् हामीले मधेस, हिमाल र पहाडलाई हेर्ने नजर समान हुनु पर्छ त भन्छौ तर त्यो स्थानमा बस्ने जातिहरूको भाषा धर्म संकृति र पहिचानसँग जोडिएका सवालहरूलाई वेवास्ता । पहिचान भनेको जात र भाषा मात्र हैन । राज्यको हरेक अंगमा समान सहभागिताको सवाल पनि हो । जसको लागि समानुपातिक अधिकारलाई संविधानमा व्यवस्था गरिएपनि त्यो अमुर्त देखिन्छ । मधेसी जनजाति र आदिवासीहरूको माग सम्बोधन गर्नु प्रचण्डको भूमिका हुनुपर्छ ।

भुकम्प पीडितहरूको अवस्था दयनीय छ । पुनः निर्माण कुन चराको नाम हो भन्ने कुरा थाहा छैन । त्यसैले प्रचण्ड सरकारले यी चिजहरूलाई गम्भीरता पुर्वक अगाडी बढाउनु पर्दछ । सरकार बाहिर हुदाँ एउटा कुरा र सरकार भित्र हुँदा अर्को कुरा गर्ने जुन नियमित परम्परा जस्तो दखिन्छ । कुरा कम र काम धेरै गर्नुपर्दछ वास्तवमा भन्ने हो भने ओली सरकारका सपनाहरू फगत हुन ति सपनाहरू तर्फ लाग्नु भन्दा भुकम्प पीडितका सामान्य भन्दा सामान्य समस्या समाधान गर्नुपर्दछ ।

p4
अर्को महत्वपूर्ण सवाल भनेको देश चुनाबमा जाँदैछ । संघीय संरचना बन्दैछ एमालेको भूमिका नकारात्मक हुन्छ भन्ने कुरा अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा जनता र पार्टीको नाक जोगाउने गरी कदम चाल्नुपर्दछ । जनताका दैनिक समस्याहरू एकातिर छन भने अर्कोतिर देशलाई नयाँ ढाँचामा लैजानु पनि छ । यस्तो अवस्थामा प्रचण्ड धैर्य र संयमित हुनु पर्दछ । पक्कै पनि नयाँ चिजलाई स्थापित गर्न धेरै मुस्किल हुन्छ भन्ने कुरा प्रचण्डलाई सिकाउनु पर्ने कुरा त हैन तर नागरिकहरूले मनको भावना पोखीरहन्छन ।

*साभार TVअनपुर्ण.कम

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up