शपथमा प्रधानमन्त्री दाहालले ‘ईश्वर’को नाम लिएनन् (भिडियो)

काठमाडौं, साउन २० । नवर्निवाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई शपथ दिलाएकी हुन् ।

शपथकाक्रममा प्रधानमन्त्री दाहालले ईश्वरको नाम भने लिनु भएन ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्कीसहित संवैधानिक निकाय र कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

शपथग्रहणपछि विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रधानमन्त्री दाहाललाई शुभकामना दिएका थिए ।

प्रधानमन्त्री दाहालले विहीबारै सिंहदरबारमा पुगेर कार्यभार ग्रहण गर्नेछन् ।

भिडियो हेर्नुहोस्

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up