हुम्लामा मकालु एयरको विमान दुर्घटना हुदाँ पाइलट र कोपाइलट घाइते

सुर्खेत,२० साउन । मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकामा सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोलन नजिकै दुर्घटना भएको हो ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माका अनुसार विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up