३० तालिवानसँग एक्लै लडेर बहादुरिता प्रदर्शन गर्ने यी गोरखाली सेना

काठमाडौं, नेपालका गोर्खा सैनिक जसलाई कम क्षमताको आंकलन गर्न सकिँदैन । नेपालमा आक्रमण गर्ने हिम्मत आज पनि कसैले गर्न सक्दैनन, जसको एक कारण हो – नेपालका यी गोरखालीको छवि । यी सभ्य र निडर शुरवीर छन् । उनीहरुले नेपाल आर्मीमा मात्रै आफ्नो सेवा नदेखेर ब्रिटिश तथा भारतीय सेनामा पनि ज्यान दिन तयार भए ।

आज होइन, सन् १८१६ मा एंग्लो–नेपालीज युद्धको अन्त्यको समय देखि यो परम्परा चलिरहेको छ । विषम परिस्थिति तथा कठिन अवस्थामा पनि यी गोरखालीले आफ्नो असाधारण क्षमताको बहादुर र नायकत्वको प्रदर्शन गर्न सफल हुन्छन् । आफ्नो यो परम्परामाथि विश्वास गर्ने यिनीहरु मध्य अफ्गानिस्तामा तैनाथ एक गोरखाली सैनिक दीपप्रसाद पुनले एक्लैले ३० विद्रोही तालिवानी लडाकुलाई मारिदिदिए

अफ्गानिस्तानको हेल्मन्ड प्रान्तमा सन् २०१० को सेप्टेम्बरको एक साँझ । रोयल गोरखा रायफल्सका हवल्दार दीपप्रसाद पुन चौकीमा तैनाथ थिए । तव त्यहाँ केही हलचल सुनियो । ध्यान दिएर हेर्दा नजिकैको सडकमा दुई विद्रोहीले विस्फोट गराउन खोजिरहेका थिए । उनले थाहा पाए चारैतिरबाट विद्रोहीले घेरिसकेको छ । तर, हार मानेनन् ।

त्यो रात त्यहाँ गोली तथा रकेट प्रोपेल्ड ग्रेनेड फायर भएको थियो । हवल्दार पुनको चौकीलाई क्षति पुर्याउने योजना बनाएर तालिवान लडाकुले यो आक्रमण गरेको थियो । यसको बाबजुद पनि पुन डराएनन्, बरु पूरै जोश र हिम्मतका साथ आफ्नो मेशिनगन उठाए र गोली बर्षाउन सुरु गरे ।

पुनले आक्रमणकारीलाई स्वास फेर्ने समय सम्म दिएनन् । तालिवान माथि पहिले १७ ग्रिनेडले आक्रमण गरे । ग्रिनेट पनि सकियो । त्यसपछि हवल्दार पुनले एसए ८० सर्विस राइफल्स उठाएर तालिवानमाथि धमाधम गोली वर्षाउन सुरु गरे । यहाँ सम्मकी दुश्मनमाथि ल्याण्डमाइन प्रहार गर्न पनि हिच्किचाएनन् ।

विगत सुनाउँदै पुनले भने, ‘एक तालिवान लडाकु गार्ड हाउससँगै रहेको टावरमा चढ्ने कोशिश गरिरहेको थियो, तब मैले उसलाई जसरी पनि जमिनमा झार्नुपर्ने थियो । मैले त्यो लडाकुलाई त्यहाँबाट हटाउन सफलता हात पारें तर मेरो हतियारले धोका दियो । गोली चलेन । मैले मेशिगन उठाएर तालिवानको अनुहारमा गोली प्रहार गरें, जसबाट दुश्मन लडाकु जमिनमा झर्यो ।’

पुनले ती लडाकुहरुमाथि त्यत्तिखेर सम्म आक्रमण गरिरहे जब सम्म अतिरिक्त सेना उनलाई मद्दत गर्न चौकीमा आएनन् । जब अतिरिक्त सेना त्यहाँ पुगे, पुन एक्लैले ३० तालिवान लडाकु मारिसकेका थिए ।

ब्रिटेनकी महारानी एलिजावेथ द्वितीयले हवल्दार पुनको बहादुरीका लागि ‘बकिंघम प्यालेस’मा एक समारोह आयोजना गरि पुनलाई ‘कान्सक्यिुअस ग्यालेन्ट्री क्रस’ पुरस्कारले सम्मानित गरेका थिए । समारोहमा उपस्थित व्यक्तिहरुलाई पुनले भने, ‘त्यस समयमा म निराश थिइँन, किन की तालिवानसँग लड्नुको मसँग अर्काे विकल्प थिएन । तालिवानले चारैतिरबाट चेकप्वाइन्टमा मलाई घेरेका थिए, म एक्लै थिएँ । जुन तरिकाबाट मलाई चारैतिरबाट घेरियो, मलाई लाग्यो म मारिने निश्चित छ , सोचें मर्नुअघि धेरै तालिवानी लडाकु मार्न सकूँ, मारेरै मरौं ।’

गन्तीपछि पत्ता लाग्यो की पुनले त्यस समयमा दुई सय ५० मेशिनगन तथा १८० एसए ८० राउन्ड फायर गरे । ६ फस्फोरस ग्रिनेड, ६ साधारण ग्रिनेड तथा एक क्लेमोर माइन पनि प्रहार गरे ।

पुनको पारिवारीक पुस्ता नै गोरखा रेजिमेन्टको सेवामा समर्पित भएकको इतिहास छ । उनको पिताले गोरखा राइफल्समा रहेर आफ्नो सेवा प्रदान गरे । साथै हजुरबुवा पनि द्वितीय विश्व युद्धको दौरानमा बर्मा थिएटरमा देखाएको बहादुरिताका लागि ‘भिक्टोरिया क्रस’ले सम्मानित भएका थिए ।

(हिन्दी डट इण्डिया सम्वादबाट अनुवाद गरिएको)

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up