पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकमको ३९‍ औं प्रधानमन्त्री मा निर्वाचित -भिडियो सहित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस लगायत अन्य दलहरुको समर्थनमा दाहाल दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।

संसदमा भएको मतदानको संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये खसेको ५७३ मतको ३६३ मत पाएर मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा सभामुख ओनसरी घर्तिमगरले गरिन्।
केपी शर्मा ओलीले प्रधानमन्त्री पद वाट राजीनामा दिए पछि प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्रै उम्मेदवारी परेको थियो । दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनी दोस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता समेत हुन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up