‘विश्वास नेपाल विधिवत रुपमा दर्ता छ, हामि कुनै संस्थाको बदनाम गर्न लागेको आरोप झुठो हो’ -प्रदिप घिमिरे

सिधान्युज, विभिन्न अनलाइन पोर्टल हरुमा जेठ २३ गते ‘रक्षा नेपालको बदनाम गराउने गिरोहको पर्दाफास’ भन्ने शिर्षकमा समाचार प्रकाशन भएपछी उक्त समाचार गलत भएको र व्यक्तिगत हिसाबले संस्थाको बदनाम गर्न त्यस्तो अफवाह फैलाएको आरोप विश्वास नेपाल संस्थाका अध्यक्ष प्रदिप घिमिरे ले लगाएका छन् उक्त समाचारको खण्डन गर्दै जारी गरिएको खण्डन जस्ताको तस्तै यस्तो छ ।

उपरोक्त सम्बन्धमा जेठ २३ गते ‘रक्षा नेपालको बदनाम गराउने गिरोहको पर्दाफास’ भन्ने शिर्षक राखी विभिन्न अनलाइन पोर्टल हरुमा समाचार प्रकाशन भएकोमा हाम्रोे ध्यानाकर्षण भएको छ । उक्त समाचार झुटा रहेको, र नक्कली नामकै अर्को संस्था रहेको भनिएको छ । तर विश्वास नेपाल नामक संस्था जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा मिति २०७३/०४/०९ मा विधिवत रुपमा दर्ता भएको र समाज कल्याण परिषदमा २०७३÷०४÷१३ मा दर्ता भई आवद्धताको प्रमाण–पत्र लिएका छौं ।

उक्त समाचारमा जिल्ला प्रसाशन कार्यालयले दिइएको प्रमाण–पत्रमा समेत नक्कली संस्थाको प्रमाण–पत्र भनी समाचार प्रकाशन भएको छ । उक्त संस्था कानुनी रुपमा दर्ता भएको छ, तत्कालिन काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीले प्रदान गर्दै गर्दाकोे फोटो पनि म संग सुरक्षित छ ।

यस विश्वास नेपालको विधानको परिच्छेद १ दफा ४ (ड) बमोजिमनै यस संस्थाले काम गर्ने छ । साथै म प्रदिप घिमिरेलाई झुटा आरोप लगाई प्रदिप घिमिरेले आफ्नो संस्था हाइलाइट गर्न र आफू माथि आउनका लागि रक्षा नेपालमा बस्दै आएकी पुजा बोहरालाई छापामार शैलीमा उठाएर लग्यो भन्ने र प्रदिप घिमिरेले उक्त पुजा बोहरालाई उक्साई विभिन्न किसिमका झुटा समाचार प्रकाशन गर्न लगायो भनी मेरो नागरिकताको फोटोकपी समेत समाचारमा प्रकाशित भएकाले यी सबै कुराहरु कपोकल्पित भ्रम पैदा गर्ने र मेरो चरित्र हत्या गर्ने खालको भएकाले यसमा मेरो कुनै स्वार्थ सहितको संलग्नता नरहेको व्यहोरा जानकारी गराउँदछु । यस खण्डन प्रकाशित गर्नुहुन अनुरोध गर्दछु ।

प्रदिप घिमिरे
अध्यक्ष विश्वास नेपाल

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up