चेन्नईविरुद्धको खेलमा उत्रिदै सन्दिप, विश्वकै यी उत्कृष्ट ब्याट्सम्यानविरुद्ध आज बलिङ गर्नेछन

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत शुक्रबार रातिको चेन्नई सुपर किंग्सविरुद्धको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले स्थान बनाएका छन् । आइपीएलको ५२ म्याचको खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा हुनेछ ।

गत शनिबार बेंग्लोरविरुद्धको खेलमा कडा प्रदर्शन गरेपछि दिल्लीले सन्दीपलाई यसपालीको ११ औं खेलाडीको सूचिमा सूचिबद्ध गरेको हो । उनले चर्चित क्रिकेटर महेन्द्रसिंह धोनी, सुरेश रैना, शेन वाट्सन, रवीन्द्र जडेजा, अम्बाती रायूडु, ड्वेन ब्राभोलगायत विश्वकै उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गर्ने अवसर प्राप्त गरेका छन् ।

दिल्लीको आधिकारीक ट्वीटर एकाउन्टबाट सन्दीपको फोटोसहित उनले कति विकेट लेलान भन्ने ट्वीटसमेत पोष्ट भएको थियो । खेल नेपाली समयअनुसार सवा ८ बजेदेखि सुरु हुनेछ ।

सन्दीपले वेस्ट इन्डिजविरुद्धकाे खेलमा विश्व ११ का तर्फबाट समेत स्थान बनाएका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up