मिना ढकालको नयाँ गीतमा हट सोनिका गुन्युचोलीमा (भिडियोसहित)

मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल गायिकाको रुपमा छुट्टै परिचय बनाउने प्रयासमा छिन्। पछिल्लो समय उनले गाउने गीत अत्यधिक डिसलाइक पाउने गीतहरूमा पर्दछन्।

आँखा जुध्यो बालको उनको पहिलो अफिसियल रेकर्ड गरिएको गीतमा उनले थुप्रै नेगेटिभ कमेन्ट्स र टिकाटिप्पणीहरू खेपेका थिइन् तर ती श्रोताहरूको मन जित्न उनले फेरी अर्को प्रयास गर्दैछिन् आफ्नै शब्दको गीत गाएर।

उनले यो गीतमा विवादित मोडेल एवं कार्यक्रम प्रस्तोता सोनिया रोकायालाई मोडलिङ गराउँदै छिन्। केही दिन अघिमात्रै सोनिका रोकायाले फेसबुक लाइभ मार्फत सो गीतमा मोडलिङ गर्ने जानकारी दिएकी हुन् भने अहिले सो गीतको म्युजिक भिडियो सुटिङका लागि फ्लोरमा पुगिसकेका छन्।

हास्यकलाकार मनोज गजुरेलसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेकी मिना ढकालले एउटा बुटिक सञ्चालन गरिरहेकी छन्। उनले केही गीत पनि रेकर्ड गरिसकेकी छन् । उनको यस गीतमा हट तथा बोल्ड मोडल सोनिका भने ग्लामर छाडेर गुन्युचोलीमा देखिँदैछिन्। हेर्नुहोस् उक्त भिडियोको सुटिङ रिपोर्ट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up