नेपाली इतिहाँसमै एमाले र माओवादी पार्टीको विघटन

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनमा दुई फरक भूमिकाबाट उदाएका एमाले र माओवादी पार्टी केहीबेरमा विघटन हुँदैछन्।

केहीबेरअघि बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अनुमोदन गरेपछि एमाले केन्द्रीय कमिटी र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दैछ। एकता प्रक्रियामा रहेका दुई पार्टीको अहिले बसिरहेको बैठकले पार्टी विघटन गर्नेछ।

विघटनपछि दुई पार्टीको बैठक बालुवाटारमा बस्ने र निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने कार्यक्रम छ।

आजै राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारिक घोषणा गर्ने कार्यक्रम छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up