ज्योती मगर भन्छिन्: छोरी भए गर्भपतन, छोरा भए मात्र जन्म दिन्छु

काठमाडौ – स्टेज शोमा चर्चाको विषय बन्दै आएकी गायिका ज्योती मगरले आफ्नो बिहेको टुंगो नभए पनि सन्तान जन्माउने इच्छा ब्यक्त गरेकी छिन् ।

ललितपुरको गोदावरी नगरपालिकाकी उपयमेयर मुना अधिकारी घरेलु हिंसाको शिकार भएको सन्दर्भमा ज्योती मगरले फेशबुकमा स्टाटस लेख्दै भनेकी छिन् ‘म बिहे गर्छु कि गर्दिन थाह छैन तर, सन्तान जन्माउने इच्छा छ । छोरा भयो भने मात्रै जन्म दिन्छु । छोरी भए गर्भपतन गराउछु ।’

नेपालमा छोरीहरु पछिल्लो समय असुरक्षित बन्दै गएको भन्दै ज्योति भन्छिन् ‘हाम्रो समाजमा छोरीहरु असुरक्षित छन् आफ्नै श्रीमान वा प्रेमीवाट पनि हिंसाको शिकार हुन वाध्य छन् ।’

छोरीले समाजमा देखिएका समस्यासँग प्रतिकार गर्नुपर्ने भन्दै उनले भनेकी छिन् ‘यदि छोरी हिम्मतीली भइन भने ज्योती मगरलाई जस्तै अनेक लाञ्छना लाउनेछन् ।’

साथै छोरीको स्वतन्त्र पूर्वक बाँच्न पाउने अधिकार गुम्दै गएकोमा चिन्ता ब्यक्त गरेकी छिन् उनले । स्टेज कार्यक्रममा ब्यस्त ज्योतीलाई स्टेजमा अंग प्रदर्शन गरेको आरोप लाग्ने गरेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up