१२ जुनमा सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ता रद्द गर्ने किमको चेतावनी


काठमाडौं, ३ जेठ – उत्तर कोरियाले अमेरिकासँग हुने ऐतिहासिक शिखर वार्ता रद्द गर्ने धम्की दिएपनि अमेरिकाले बुधवार आफू वार्ताको तयारी गरिरहेको बताएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच १२ जुनमा सिंगापुरमा शिखर वार्ता हुने कार्यक्रम छ । यसअघि उत्तर कोरियाले आणविक निःशस्त्रीकरणका विषयमा आफूलाई अमेरिकाले अलग्याउने प्रयास गरेको आरोप लगाउँदै वार्ता रद्द गर्ने धम्की दिएको हो ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले एक बयानमा भनेअनुसार, उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम एकतर्फी रूपमा बन्द गरेर त्यसको साटो अमेरिकाबाट आर्थिक सहयोग कहिल्यै स्वीकार गर्ने छैन ।

सिंगापुर बैठकमा दुवै देशले सैन्य तनाव कम गर्नका लागि हालका सम्झौतालाई कार्यान्वयन गर्ने तरिका र सम्बन्ध सुधारका विषयमा चर्चा गर्ने सम्भावना थियो ।

उत्तर रिसाएको रिपोर्टमाथि प्रतिक्रिया दिँदै आफूले त्यसमाथि स्वतन्त्र रूपमा विचार गर्ने अमेरिकाले बतायो । परराष्ट्र मन्त्रालयले शिखर वार्ताको तयारी चालु रहेको बतायो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up