छोराको यौन क्रियाकलाप हेर्न बाबुले बेडरुममा क्यामेरा जडान गरेपछि…

लन्डन। यौनको बारेमा चासो सबैलाई हुन्छ तर हालसालै बेलायतको लण्डनमा विचित्रको घटना सार्वजनिक भएको छ । एक ५३ वर्षीय व्यक्तिलाई आफ्नो २१ वर्षीय छोराको कोठामा क्यामेरा जडान गरेको आरोपमा चार वर्ष जेल सजाय भएको छ।

आफ्नै ५३ वर्षीय बाबुले छोराको यौन गतिविधि थाहा पाउन छोराको कोठामा गुप्त क्यामेरा जडान गरेका थिए । जब आफ्नो छोरा गर्लफ्रेण्डसँग यौन क्रियामा लिप्त हुन्थे बाबु आफ्नो टेलिभिजनमा यो सब हेर्ने गरेका थिए।

आफ्नो छोराको यौन हर्कत हेर्नका लागि उनले यो स्पाई क्यामेरा छोराको बेडरुपमा लगाएका थिए । जब छोरा यौन गतिविधिमा रहन्थे उनी भान्सा कोठामा बसेर यो सबै हेर्ने गर्दथे ।
बाबुको यो कर्तुतको पर्दाफास त्यतिबेला भयो जतिबेला छोरा अचानक भान्सामा लागेको टेलिभिजन अन गरे । जब यो सब छोराले देखे उनी आश्चर्यमा परे।

जब उनले क्यामेरा खोजे तब उनले क्यामेरा आफ्नै बेडरुमा पाए । पिताका अनुसार छोराको कोठाबाट आउने आवाजले उनमा यो उत्सुकता जगायो कि कोठामा के भइरहेको छ ? जसका कारण उनले स्पाई क्यामेरा लगाए ।

अदालतले सजाय सुनाउँदै यसलाई विश्वासघात ठहर गरेको छ ।अदालतले यसप्रकारले स्पाई क्यामेरा प्रयोग गर्नु विश्वासको दुरुपयोग गर्नुहो । यी विश्वास तोडेको आरोपमा उनलाई चार वर्षको जेल सजाय सुनाइएको छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up