प्रेमिका रोजि राणाको हत्याको आरोपमा अभिनेता प्रदीप खड्का जेलमा

अभिनेता प्रदीप खड्का जेल परेका छन् । आफनी प्रेमिका रोजि राणाको हत्याको आरोपमा उनलाई अदालतको कठघरामा उभियाइएको हो । उनले कतिको न्याय पाउछन त्यो चाही चलचित्र रोजि हेरेपछि थाहा हुन्छ ।

हजुर हामी कुरा गर्दै छौ चलचित्र रोजि को । फिल्ममा प्रदिप र पर्मिता आर एल राणा मिरुना राई, कर्मा शाक्य, बरुण आर एल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

निरक पौडेलले निर्देशन गर्ने रोजीमा आयरा पौडेल र आरोही केसीको निर्माण रहनेछ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ । गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा चलचित्र निर्माण हुन लगेको हो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up