कसरी पाइन् यी महिलाले साढे दुई करोड रुपैयाँ टिप्स ?

काठमाडौं। कुनै ग्राहकले साढे दुई करोड रुपैयाँको टिप्स दिएको कहिल्यै सुन्नुभएको छ ?

अमेरिकाकी नर्तकी भेरोनिका बेकहमलाई एक ग्राहकले टिपमा दुई लाख २३ हजार डलर अर्थात् लगभग साढे दुई करोड रुपैयाँ टिप्स दिए ।

यी ग्राहकले भेरोनिकालाई केही महिनाअघिदेखि जान्दथे र दुवैका बीच मित्रता थियो । अचम्मको कुरा त टिप दिएको केही दिनमै ग्राहकको मृत्यु भयो ।

चौंतीस वर्षीया भेरोनिकाले एचबीओका पूर्व कार्यकारी मिकी लियूलाई एट्लान्टिक सिटी स्कोर्स स्ट्रिप क्लबमा सन् २०१४ मा भेटेकी थिइन् । दुवैजना छिट्टै घनिष्ठ मित्र भए ।

लियूलाई मधुमेह र मुटुसम्बन्धी रोग थियो जसले गर्दा उनी अस्वाभाविक रूपमा मोटाएका थिए । भेरोनिकासँग मित्रता गाँसेको केही महिनामै उनले संसारबाट बिदा लिए ।

अदालतको अभिलेखअनुसार, छोटो समयको मित्रता भएपनि लियूले भेरोनिकालाई रिटायरमेन्ट अकाउन्ट्स र लाइफ इन्स्योरेन्स पोलिसीको हकदार बनाइदिए ।

लियूका नातेदारहरू उनको यो निर्णयबाट खुशी थिएनन् ।

लियूकी बहिनी मेले दाइको पैसा नग्न नर्तकीले पाएपछि म्यानह्याटन अदालतमा मुद्दा दायर गरिन् । तर बहिनीले आपत्ति उठाएपनि अदालतले भेरोनिकाको पक्षमा निर्णय सुनायो ।

भेरोनिकाले आफू र लियूबीच कुनै शारीरिक सम्पर्क नभएको र आफूहरू राम्रो साथी मात्र भएको अदालतमा बयान दिइन् । एजेन्सी

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up