हराइरहेको मकालु एयरको जहाज बाजुरामा भेटियो


सुर्खेतबाट सिमिकोटका लागि बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज बाजुराको हिला नदिको चौरमा भेटिएको छ। चालक दलका दुवै सदस्य सकुशल रहेका छन्।

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।

सम्पर्कविहीन विमान बाजुराको हिला नदी किनारमा आपतकालीन अवतरण गरेको अवस्थामा केही बेरअघि भेटिएकाे सुर्खेत विमानस्थलले जानकारी दिएको छ।

बिमानले ११७० किलो खाद्यान्य सामाग्री लिएर उडेको थियो।

उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो।

पाइलट किरन भट्टराई र को पाइलट आदित्य नेपाली रहेको सिंगल इन्जिन जहाज ९ सिटे हो। जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरेको थियो।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up