२० बर्षमा नबनेको बाटो चार महिनामै बनेपछि मेयरलाई २२ किलोको मालाले स्वागत

विजयपुर – २० बर्ष सम्म केन्द्रिय सरकार र त्यसका निकायबाटबन्ननसकेको बाटो धरान–५ स्थित देविगाउबासीले चार महिनामाबनाएर देखाएका छन् ।

उनीहरुले धरानउपमहानगरपालिकाबाट बजेट प्राप्त गरेपछि सम्झौताभएको चार महिनामै डेड किलोमिटर सडकको मर्मत तथा ड्रेन निर्माण गरेकाछन् ।
हामीउपमहानगरबासीभएको र गाउमै स्थानीय सरकार आएको महसुस भएको छ’स्थानीय समाजसेवीपञ्चबहादुर कुलुङलेभने ‘सडकको मर्मत र ड्रेन बनेपछि गाउमाएम्बुलेन्स,स्कुलबस तथा टेम्पोहरु चल्नथालेका छन,हामीपनि सुगम ठाउमै भएको अनुभुतीभएको छ ।

स्थानीयतहको निर्वाचनपछि धरानउपमहानगरपालिकाकामेयर तारा सुब्बाले उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकाथिए । देवीगाउबासिले बाटो तथा ड्रेन निर्माण कार्य सम्पन्न गरेपछि आईतबार मेयर सुब्बाको कार्यकक्षमै २२ किलोको मालालगाएर सम्मान गरेका छन् । आईतबार मेयरको कार्यकक्षमै मालालिएर आईपुगेका स्थानीयले २० बर्ष देखि हुननसकेको कामगर्न बजेट र हौसलादिएको भन्दै २२ किलोको मालालगाएर सम्मान प्रकट गरेकाहुन् ।

‘हामीले ग्रामिण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर पुर्वाधार विकास गर्ने नितीलिएका छौ’मेयर सुब्बाले भने‘सोहीनितीअनुसार हामीले यो डेड किलोमिटर सडकलाई नमुनाको रुपमाविकास गर्न खोजेकाछौ ।हामीले यो सडक हुदै त्यस क्षेत्रकाअन्यगाउ सम्म सडक सञ्जालजोडेर नियमितयातायात सञ्चालनगर्ने सोच पनि गरेका छौ,हामीले केन्द्रीय सरकार र प्रदेस सरकारलाईपनियसमाध्यानाकर्षण गराउदै छौ मेयर सुब्बाले भने ।

चालु आर्थिक बर्षमानगर स्तरिय योजनाबाट ८० लाख रुपैया र जनस्तरबाट २०लाख रुपैयाँगरि एक करोडको लागतमा सडक तथा ड्रेन तयार भएको हो ।उक्त सडक तथाड्रेन निर्माण भएपछि स्थानीयहरु हर्षित भएका छन।

सडक निर्माण भएपछि हर्दिया,श्रीगाउ,पत्रङबारी,दानाबारी,सुमनटार,निसानडाँडा,याङसिला,टाकुरे,राजभणार तथा सतिघाटका बासिन्दाप्रतक्ष्यलाभान्वितभएको स्थानिययुवागोबिन्दबिकले बताए ।सडक बनेपछि स्थानीय कृषकहरुलेउत्पादन गरेका कृषिजन्यउत्पादनअहिले कम ढुवानीमा धरानबजार सम्मपुग्ने गरेको छ भने कृषकहरुको आयस्तरपनि बढेको छ बिकले भने ।

काठेपुल देखि देवीमार्ग हुदै देबीगाउ सिरान सम्म ड्रेन निर्माण उपभोक्ता समितीकीअध्यक्षदुर्गालक्ष्मी राईकाअनुसार सडक निर्माणको कार्यमा स्थानीयबासीको अग्रसरता र मेयरको हौसलाकाकारण छोटो समयमै यो कार्य सम्पन्नगर्न सकिएको बताइन ।

‘हामीले जनप्रतिनिधीआएको अनुभुतीगर्न पाएका छौ उनले भनिन् ‘सडक बनेपछि त्यस क्षेत्रकाबालबालिका सजिलै बिद्यालयजानपाएका छन भने कोहीविरामीहुदा सजिलै एम्बुलेन्सपनिजाने गरेको छ । ‘आफुले फलाएको तरकारी बजार सम्म पु¥याउननसकेर सास्ती खेपेका कृषकहरु अहिलेले आफै बजार सम्मगएर तरकारी बेचेर आउनथालेका छन् ’अध्यक्ष राईले भनिन् ।यो सडकले धनकुटा र मोरङका ग्रामिण क्षेत्र जोड्ने केन्द्र पनिहो उनले भनिन् ।

सडक सहजनहुदा बेरोजगार भएकायुवाहरु अहिले टेम्पो किनेर चलाउनथालेका छन्,बिद्यार्थीहरु समयमै बिद्यालयपुग्नथालेका छन् उपभोक्ता समितीकी सचिव सुनीता राईले सुनाईन ।बिस बर्षदेखि सडक तथा ड्रेन निर्माण गर्न नेता,सांसदतथा सरकारकाबिभिन्ननिकायमाधाएर हैरानभएकाथियौ अहिले स्थानिय सरकारले हाम्रो माग पुरा गरेको छ,अझै धेरै कामगर्नु छ,सरकारबाट थप सहयोग मिल्ने हाम्रो विश्वास लिएका छौ सचिव सुनिताले भनिन् ।

महिलाहरुको उदाहरणीय काम
यो सडक तथा ड्रेन निर्माण गर्नबनाइएको उपभोक्ता समितीको नेतृत्वमहिलाले गरेकी छिन् भने सदस्यहरु सबै महिला छन् ।

शनिबार सडक तथा ड्रेनको शिल्यानास तथाअनुगमनगर्न पुगेकी धरानउपमहानगरपालिकाकीउपप्रमुखमञ्जु भण्डारीलेमहिलाको नेतृत्वमाबिकास निर्माणको उदाहरणीय कार्य भएको भन्दै प्रसंसापनिगरिन ।

‘बिगतमामहिलाहरुले केहीगर्न सक्दैनन् भन्ने मान्यताले घरायसीकाममामात्रसिमीतगर्ने गरिएको थियो,आज छोटो समयमानिकै उदाहरणीय काम गरेर यहाँहरुले उदाहरणनै देखिउनु भएको छ’उपप्रमुख भण्डारीले भनिन् ।

महिलाले नेतृत्व गरेको संस्थातथाकार्यहरु चुस्त,छिटो र पारदर्शी हुने गरेको उनले सुनाईन । देवीगाउकामहिलाको यो उदाहरणीय कार्य अन्य ठाउमापनि सिको गर्नु आवश्यक छ उनले भनिन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up