भारतीय वायु सेनाको विशेष विमान सुरक्षाकर्मीसहित विमानस्थल अवतरण

जनकपुयधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय वायु सेनाको विमान जनकपुर विमानस्थलमा अाेर्लिएको छ । अाज दिउँसो सवा १ बजे भारतीय सेनाकोlll विशेष विमान जनकपुर विमानस्थलमा अवतरण गरेको हो ।

मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिlकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनकपुर आएको जनाइएकाे छ । अहिले विमानलाई जनकपुर विमानस्थलमै पार्किङ गरेर राखिएको छ ।

यसअघि मोदीको भ्रमणको तयारीस्वरूप केही दिनपहिले भारतीय हेलिकप्टर जनकपुरको बाह्रबिघामा अवतरण गरेको थियो । माेदी यही वैशाख २८ मा नेपालको दुईदिने भ्रमणमा अाउँदै छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up