यी विषयहरुमा अब सांसदलाई बोल्न प्रतिबन्ध

नयाँबाटो, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा छलफल हुँदा सम्बन्धित सांसदले बोल्न नपाउने भएका छन् ।

अघिल्लो संसदका सांसदहरुले आफ्नो व्यक्तिगत स्वार्थअनुसार कानून बनाउन चलखेल गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिले यस्तो प्रस्ताव गरेको कान्तिपुर दैनिकमा खबर छ ।

समाचार अनुसार संसद सदस्यले पालना गर्नुपर्ने आचारसंहितामै कुनै पनि विषयमा व्यक्तिगत वा निजी स्वार्थ गाँसिएको भए बैठक वा समितिलाई अनिवार्य त्यसको जानकारी गराइ छलफलमा भाग लिन नहुने प्रावधान राखेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up