अब बोर्डिङ स्कुल पढेकालाई आरक्षण कोटा बन्देज

नयाँबाटो, अब निजामति सेवामा समावेशी सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामति सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार विभिन्न सरोकारवाला निकाय र सरकारद्वारा गठित प्रशासनिक समितिको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गरी कानूनको मस्यौदा अघि बढाउने तयारी गरेको हो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up