रिलिज नहुँदै ‘रेस–३’ले सलमानलाई एक झट्कामा नै बनाइदियो अरबपति

एजेन्सी । जेलबाट निस्किए लगत्तै सलमानले सकेको पहिलो प्रोजेक्ट ‘रेस–३’ ले बजार हल्लाएको छ । इदको अवसरमा रेस ३ हिट हुने पहिल्यै अड्कल गरिएका बेला सलमानको यो फिल्मको माग निकै उच्च छ ।

यो फिल्मका लागि वितरकहरु लाइनमा रहेका बेला सलमान एक झट्कामा अरबपति बनेका छन् । दमदार एक्सन सिन समावेश गरिएको फिल्म रेस ३ को धेरैजसो सुटिङ विदेशमा भएको बताइन्छ ।

सलमानको यो फिल्मको वितरण गर्नका लागी वितरकहरु फक्स स्टार स्टुडियो, रिलायन्स इन्टरटेनमेन्ट, यशराज फिल्मस र इरोस इन्टरनेशनल पनि क्यूमा बसेको बताइन्छ ।

जसको वल्र्डवाइड राइट १६० करोड र चीनमा ३० करोडमा बेच्नका लागीस् सलमानको कम्पनीसँग चल्तिका कम्पनीले माग गरेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up