मोदीलाई घेर्न ११ हजार सुरक्षाकर्मी

२२ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका छन् । गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका ५ हजार, सशस्त्र प्रहरी र नेपाली सेनाका ३र ३ हजार र राष्ट्रिय अनुसन्धानबाट दुई सयको हाराहारीमा सुरक्षाकर्मी खटिदै छन् ।

काठमाडौं उपत्यका, जनकपुर, मुक्तिनाथ र आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

नेपाल समाचार पत्रबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up