पाकिस्तानमा भेटिएका बुद्धका दुर्लभ मूर्ती (फोटोफिचर)

भामला स्तुपा पाकिस्तानको उत्तरी–पश्चिमस्थित खैबर पख्तूनख्वाह जिल्लामा छ । भामलालाई सन् १९२९ मा ब्रिटिश पुरातत्वविद् सर जोन मार्शलले खोजी गरेका थिए ।

परातत्वविदका मान्यता अनुसार २ हजार ३ सय वर्ष अघि यो क्षत्रमा बौद्ध धर्मको नियन्त्रण थियो । यो प्राचिन बौद्ध स्थलमा बुद्धको समयका लगभग ५ सय वस्तु भेटिएका छन् ।

सबै मूर्तीमध्ये यो मात्र एउटा यस्तो मूर्ती हो जसको टाउको यथास्थानमा छ । यहाँ मूर्तीलाई गैर–इस्लामी मानिन्छ । टाउकोलाई नष्ट गर्दा महान कार्य हुने यहाँको धारणा छ ।

भामलास्थित १४ मिटर लामो बुद्धको सुतेको मूर्तीको अवशेष भेटिएको छ । यो तेस्रो शताब्दीको हो । पुरातत्वविदका अनुसार यो संसारको सबैभन्दा पुरानो मूर्ती हो ।

खैबर पख्तूनख्वाहको पुरातत्व विभागले सन् २०१२ मा यो इलाकामाथि काम गर्न सुरु गरेको थियो । त्यतिबेला नै यो बौद्धभूमीबारे पत्ता लागेको थियो । चौथो शताब्दीको आसपास यो मठ बनाइएको थियो ।

 

भामला स्तूपालाई युनेस्कोले विश्व सम्पदा सूचीमा संलग्न गरेको छ । यहाँ भेटिएको वस्तुलाई देशका विभिन्न संग्रहालयमा पठाइएको छ ।

बीबीसी

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up