पेट्रोल र डिजेलको भाउ दुइ हप्ता नपुग्दै फेरि बढ्यो, यस्तो छ नयाँ रेट

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल र मट्टीतेल २/२ रुपैयाँ मूल्य बढाएको हो।

पेट्रोल प्रतिलिटरमा एक सय छ र डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको निगमले जनाएको छ। निगमको अब पाक्षिक नाफा २१ करोड रुपैयाँ रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up