‘काले दाई काले दाई’ बोलको गीतले चर्चा कमाएको फिल्म ‘पर्व’ युटुबमा रिलिज

काठमाडौँ -चलचित्र ‘पर्व’ युटुबमा रिलिज गरिएको छ । सस्पेन्स थ्रिलर कथामा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।

जेठको दोश्रो साता रिलिज भएको यो चलचित्रले हलमा औषत व्यापार गरेको थियो ।चलचित्रलाई निर्माता सुवास गिरीले निर्माण गरेका हुन् । गोपिकृष्ण मुभिजले यो चलचित्रलाई प्रस्तुत गरेको हो ।यो चलचित्रमा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले पनि राम्रो चर्चा कमाएको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up