प्रहरीलाई अर्को सफलता गुण्डागर्दीमा संलग्न दावा लामा पक्राउ

काठमाडौँ, ३ बैशाख । गुण्डागर्दीमा संलग्न दावा लामा प्रहरी फन्दामा परेका छन् । उनलाई प्रहरीले काठमाडौँको नयाँ बजारबाट सोमबार पक्राउ गरेको हो । उनीसँगै गुण्डागर्दीमा संलग्न रोशन तामाङ पनि पक्राउ परेका छन् । लामा र तामाङसहित पक्राउ परेका अन्य व्यक्ति भने रिहा भएका छन् ।

काभ्रेली समूहका लामा र तामाङलाई सोह्रो खुट्टे वृत्तमा राखिएको छ । उनीहरुलाई नयाँ बजारको एक स्नुकर हाउसबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुका विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार उनीहरु हप्ता अनुसली लगायत गुण्डागर्दीमा संलग्न थिए ।

अघिल्लो वर्ष अपरिचत व्यक्तिले दावालाई काठमाडौँमा गोली प्रहार गरेको थिए । तर, लामाले प्रहरी अनुसन्धानमा असहयोग गरेका थिए । लामालाई नेपाली काँग्रेसको संरक्षण रहेको छ ।

तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीको पालामा पनि उनले गुण्डागर्दी मच्चाएका थिए । तर, काभ्रेका काँग्रेस नेता तीर्थ लामाको दवावमा निधीले संरक्षण गर्दै आएका थिए । निधीपछि माओवादी नेता जर्नादन शर्मा गृहमन्त्री भएपछि लामा फरार भएका थिए ।

दरबारमार्ग क्षेत्रलाई आफ्नो गैरकानून कार्यको अखडा बनाएका दावा लामालाई कांग्रेस नेताहरूको संरक्षण रहेको छ । लामा जबरजस्ती असुली, अपहरण, ठेक्का पट्टा, कुटपिटलगायतका गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै आएका छन् । अघिल्लो पटक पक्राउ पर्दा उनी तत्कालीन गृहमन्त्री निधीको ठाडो आदेशले छुटेका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up