१४ जना संग विहे गर्ने यी युवतीले हरेक सुहागरातमा यसो गर्थिन् !

युवतीले १–२ होइन् पुरै १४ पटक विहे गरेको अनौठो खबर प्राप्त भएको छ । घटना भारतको राजस्थान राज्य अन्तर्गत पर्ने कोटा भन्ने ठाउँको हो । जहाँ बन्दना नाम गरेकी एक युवतीले रेकर्ड तोड्दै १४ वटा विहे गरेकी हुन् ।

उनलाई १४ वटै श्रीमानले आफ्नो घरमा पनि भित्र्याए । तर, सुहागरातमा भने बेहुलाले नसोचेको भइदियो । १४ वटा श्रीमानमध्ये एउटाले पनि बन्दनासँग सुहागरात मनाउन पाएनन् ।

उल्टै लाखौंको धनमाल गुमाए । खासमा सुहागरातमा बहाना बनाएर बन्दना १४ वटै श्रीमानका घरका सम्पूर्ण गरगहना र नगद पैसा लुटेर फरार हुन्थिन् । विहेको नाटक गरेर धनसम्पत्ति लुट्ने बन्दनाको यो धन्दा नै रहेछ जसमा अन्य युवती र महिलाहरुले उनलाई साथ दिएका थिए ।

अन्य महिलाहरुले सेटिङ मिलाउने र बन्दनाले विहे गरेर सुहागरातमा बहाना बनाएर लुट्ने लज्जास्पद कर्तुतको पर्दाफास प्रहरीले धेरैपछि गरेको छ । यसको पर्दाफास बन्दनाका लागि शेटिङ मिलाउने महिला पक्राउ परेपछि भयो । समाचार अनुसार प्रहरीले विभिन्न सहरका पाँच महिलालाई पक्रेको छ ।

यो अपराधमा मुख्य भुमिका निर्वाह गर्दै आएकी बन्दना भने फरार छिन् । १४ जनामध्येका एक कैलाशलाई यसरी लुटियो प्रहरीका अनुसार यो गिरोहको सिकार बनेका पीडित कैलाशले भनेका छन् की टाढाका नातेदार हजारीलालले उनलाई सम्पर्क गरेर सुन्दर र सुशील युवतीसँग विहे गरिदिने वाचा गरे । त्यो बेला कैलाश विहे गर्न केटी खोजिरहेका थिए ।

त्यसपछि उनलाई हजारीले एक गेष्ट हाउसमा बोलाए जहाँ ८ युवतीहरु र एक महिला थिइन् । बन्दना नाम भएकी युवतीसँग उनको विहे करिब डेढ लाख रुपैयाँमा तय भयो ।

सबै कुरा तय भएपछि उक्त गिरोहले माला र सिन्दुर मगाएर त्यही विहेको प्रक्रिया पुरा गरिदिए । त्यसपछि सुहागरातको मौका पारेर बन्दनाले बहाना बनाएर कैलाशलाई त्यो रात आफूबाट टाढा राखिन् ।

विहान जब कैलाश निन्द्राबाट ब्युझिए तब बन्दना गायब थिइन् र पछि थाहा भयो कि बन्दना उनले दिएको सुनचाँदीका गरगहना र पैसा लिएर फरार भएकी रहिछन्।-दैनिक नेपालमा समाचार छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up