यी १० बलिउड कलाकार, जसले जेलको हावा खानुपर्यो, यस्ता यिनका काण्डहरु

काठमाडौं। बलिउड अभिनेता सलमान खान दुर्लभ कृष्णसार सिकार आरोपमा यसपटक दुई दिन जेलमा बसेर शनिबार मात्र जमानतमा रिहा भए । उनी यसरी जेल बसेको यो पहिलोपटक होइन । यसअघि पनि उनी १८ दिन बन्दीका रूपमा जेल बसिसकेका छन् ।

यसरी केही दिन थुनामा पर्ने बलिउडका थुप्रै अभिनेता तथा अभिनेत्री छन् । धेरैजसो अभिनेता र अभिनेत्रीले आफ्नो चरित्रकै कारण प्रहरीको हिरासत तथा जेलमा बन्दी हुनुपरेको घटनाहरू छन् , यो खबर आजको राजधानी दैनिकमा छ।

अभिनेता सञ्जय दत्तले पाँच वर्षको जेल जीवन बिताइसकेका छन् । सन १९९३ को बम काण्डमा सहभागी भएको मुद्दामा उनले पाँच वर्ष जेल बस्नुपरेको हो ।

अभिनेता अक्षय कुमारले पनि दुई दिन जेलमा कैदीका रूपमा बस्नुपरेको थियो । एउटा फेसन सोमा -याम्पमा हिँड्ने क्रममा पाइन्टको चेन खोलेर अभद्र व्यवहार गर्दै नारीको अपहेलना गरेको प्रकरणमा उनी थुनामा परेका थिए ।

अभिनेता गोविन्दले सन् २००७ मा फिल्म ‘मनी है तो हनी है’को प्रचार प्रसारका क्रममा एक जना प्रशंसकलाई गालामा थप्पड हानेका कारण उनले पनि दुई दिन प्रहरी हिरासतमा बस्नुपरेको थियो ।

गोविन्दकै भतिज एवं अभिनेता साइनी आहुजा पनि केही महिना जेल परेका थिए । घरमा काम गर्ने युवतीमाथि शारीरिक शोषण गरेको आरोपमा साइनी जेल जानु परेको हो ।

अभिनेता जोन अब्राहमले सन् २००६ मा आफ्नो गाडीले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । सो प्रकरणमा जोनले पनि केही समय जेल जीवन बिताउनुपरेको थियो ।

मुम्बईको बसाबी होटलमा एक व्यवसायीमाथि हातपात गरेको प्रकरणमा अभिनेता सैफ अली खानले पनि केही दिन जेलमा बस्नुप¥यो । अभिनेता राजपाल यादवले गत वर्ष ऋण प्रकरणमा १० दिन जेल जीवन बिताउनुप¥यो । ५ करोड रुपैयाँ ऋण नतिरेको प्रकरणमा दिल्ली उच्च न्यायालयको फैसलापछि १० दिन जेल बसेर त्यो ऋण तिरेपछि उनले मुक्ति पाए ।

केही वर्षअघि लागूऔषधसहित प्रक्राउ परेका अभिनेता फरदिन खानले पाँच दिन जेलमा बिताउनुप¥यो । त्यसपछि उनलाई प्रहरीले पुनस्र्थापना केन्द्रमा उपचारका लागिपठाएको थियो ।प्रेमिकालाई यौन दुराचार गरेको प्रकरणमा सन् २०१४ मा अभिनेता इन्द्रकुमारलाई प्रहरीले पक्राउ गरेर केही दिन थुनामा राखेको थियो ।

भारतीय डनका रूपमा परिचित अबु सालेमको प्रेमिकाका रूपमा विभिन्न प्रकरणमा मुछिएकी अभिनेत्री मोनिका बेदीले पनि सोही कारण केही महिना जेल जीवन बिताउनुप-यो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up