दलाली गर्ने व्यक्ति नै वडा अध्यक्ष बनेपछि…

बुटवल । स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुका विषयमा हामी रिपोर्टिङ गर्दै आएका छौं ।

दिउँसै मदिरा पिरर कार्यालय जाने, सिमेन्ट चोरी गर्न, अर्काको कुखुरा चोरी गर्ने र बिकास बजेट आफै कुम्ल्याउने गरेको देखाउँदै आएका छौं ।

कपिलवस्तुको यशोधरा गाँउपालिका ५ बैदौलीका वडा अध्यक्ष लहिश पठान यी सबै कामका प्राय बनेका छन् । नयाँ शक्ति पार्टीका तर्फबाट चुनाव जितेका पठनका केही क्रियाकलाप यस्ता छन् ।

वडा अध्यक्ष पठानले ५ नम्बर वडामा पर्ने नदवामा रहेको सार्वजनीक जग्गा आफ्नै श्रीमती सयरा पठानीन र अर्का स्थानीय महोम्मद युशुफ मुसलबानलाई निजि जग्गाका रुपमा सिफारीस गरेका छन् । उतm जग्गा भुमी सम्बन्धी ऐन २०२१ को अधिनमा छ ।

नेपाल भारतको नागरीकता

वडा अध्यक्ष पठानसँग भारतीय आयकर विभागको परिचयपत्र छ । उनको तस्विर भएको परिचयपत्रमा उनको नाममा नाइम खान उल्लेख छ । उनले नेपालमा कपिलवस्तु जिल्ला प्रसासन कार्यालयबाट लहिश पठानको नाममा ८१७७ नम्बरको नेपाली नागरीकता लिएको छन् । यस सम्बन्धी जिल्ला प्रसासनमा स्थानीयले उजुरी दिएका छन् ।

नक्कली लालपुर्जा देखाइ जग्गा र पैसा ठगी

कपिलवस्तु नगरपालिका ५ का इसहार खाँसँग ३२ लाख रुपैयाँ लिएर चेक दिएका थिए । तर न अहिले चेकमा पैसा छ ,न उनि सम्पर्कमा छन् । यस्तै रुपन्देही गैडहवा गाउँपालिका ६ सुर्यपुराका चन्द्रभान बढईसँग ३५ लाख रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको छ ।

पठानले यशोधरा गाउँपालिका ५ कचरीहवामा ३ विगहा पक्की जग्गा देखाएर नक्कली लालपूर्जा बनाई ३५ लाख लिएर वेपत्ता छन् । उनी फागुन १९ गते देखि वडा कार्यालयमा उपस्थीत छैनन ।

वडा अध्यक्ष एकाएक गायब भएपछि वडाका उपभोतmा समीति गठन, सिफारीस लगाएत १ करोड बढीका २० भन्दा बढी विकासे योजनाहरुको काम समेत परेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up