प्रदेशको सिमा हेरेफेरका लागी होईन बलात्कारीलाई फाँसी दिने कानुन बनाउँन संबिधान संसोधन गर

काठमाडौँ: बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै आज प्रदर्शन गरिएको छ ।

नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै महिला अधिकारकर्मीहरुले आज प्रदर्शन गरेको हो ।

र्यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफै बनौँ बलात्कारीलाई फाँसी नै चाहिन्छ, ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाइएको थियो । उनीहरुले संविधान संशोधन गरी बलत्कारीलाई फाँसीको व्यवस्था कानूनीरुपमा नै हुनुपर्ने जोडदार माग गरेका छन् ।

पछिल्लो समय आफन्त र परिवारकै सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनु परेकाले यसको सजायका लागि संविधान संशोधन गरी फाँसीको व्यवस्था गर्नुपर्ने रक्षा नेपालकी सावित्री सुवेदीले बताउनुभयो । उहाँले बलात्कार जघन्य अपराध भएकाले मिलापत्र गराएर अपराधी उम्काउन नपाइने बताउनुभयो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up