जातीय र धर्मको नाममा जुधाएर देशलाई अस्थिरतातर्फ मोड्नेलाई कारवाही गर्ने गृहमन्त्रीको चेतवानी

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै सरकारले कारवाहीको दायारमा ल्याउने स्पष्ट पारेका छन्। आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार गृहमन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझ्दै बादलले यस्तो बताएका हुन्।

गृहमन्त्ती बादलले प्रतिनिधि मण्डललाई घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परीसकेको र अन्यबारे खोजी जारी भइरहेको जानकारी समेत गराएका छन्। घटनाले आफुलाई दुखित तुल्याएको भन्दै गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।

‘जातीय र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्’, बादलले भने, ‘घटनामा संलगनलाई कारवाहीको दायरामा ल्याइने छ।’

प्रतिनिधिमण्डलको माग बमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाउने समेत उनलेब ताए। प्रतिनिधमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने , घटनाको छानबिन गर्न आयोग गठन गरीनुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने लगायतकाम माग राखेका छन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up