रविको झापट, गफ गरेर के देश बनाउँछौँ नेता ज्यु ? गफै सुन्नत चिया पसल नै काफी छन नि !

नेताज्यू तिम्रा छोराछोरी सरकारी स्कुलमा पढाउँ, तिम्रो उपचार पनि नेपालमै गर यत्ति नगर्ने के को देश विकाशको कुरा ?

निजि स्कुलको भर्ना शुल्कले अविभावहरुको डाड भाँच्दै छ । कतिपय विद्यालयको मनोमानी यस्तो छ कि १ कक्षाको भर्ना शुल्क नै २ लाख ।

सरकारी बिद्यालयको शैक्षिक स्तर सबैलाई थाहा छ । केही अपवादलाई छोडेर सरकारी स्कुलका प्रोडक्टहरु ग्लोबल कम्पिटिशनमा टिक्न सक्ने अवस्था छैन । सरकारी शिक्षालयहरमा न श्रोत साधन छन् न सही अनुगमन छ, न शिक्षक/शिक्षीकाहरुलाई आवश्यक तालिम उपलब्ध छ ।

यस्तो अवस्थामा दिन भर बालुवा चालेर ठेला ठेलेर, दोबाटोमा मकै पोलेर भएपनि निजि स्कुलमा छोराछोरी पढाउन बिवश छन् अविभावकहरु । यो स्थीती नबदलिए सम्म कसैका रेलले देश बदलिदैन ।

उच्च सरकारी अधिकारी, राजनीतिज्ञ, मन्त्रीहरुले आफ्ना छोराछोरी सरकारी स्कुलमा अनिवार्य पठाउनु पर्ने नियम लागु नभएसम्म सरकारी स्कुलको शैक्षिक स्तर माथी उठ्दैन । आफ्ना सन्तान विदेशमा वा देशको पनि महंगा निजि बिद्यालयमा पठाउने भएपछि त्यो सरकारी स्कुलको स्तर कसलाई बढाउनु छ ।

सर्वसाधारण जनताका छोराछोरी जहाँ पढेपनि पढुन्, आफ्ना सन्तान प्राइभेट स्कुल र कलेजमा पढाइरहेका उच्च पदस्थ सरकारी अधिकारीहरु र राजनीतिक दलका नेताहरुले आम सर्वसाधारण अविभावकको पीडा कहिल्यै बुझ्न सक्दैनन् ।
अतिरीक्त सुविधाका नाममा नाफा कुम्ल्याउने अधिकांश निजि बिद्यालयको व्यापार मौलाउनुको कारण नै सरकारी शिक्षालयको विजोग हो । पढाई बाहेक सबै फ्यासिलिटी भएका बिद्यालयहरु जहाँ ड्रेस, किताब, कापी सबका सब उसले भनेकै ठाँउबाट किन्न पर्ने बाध्यता छ ।

तर बोल्ने कसले ? विकल्प त्यही सरकारी स्कुल हो । सरकारी स्कुल कलेजहरुमा गुणस्तरीय शिक्षा आफ्ना सन्तानलाई दिन सकेका भए धेरै मानिसहरु इमान र स्वाभिमानको जीवन बाँच्थे र देशले पनि गतिलो नेता पाउथ्यो ।

जनतालाई माया गर्ने नेताले, देशलाई माया गर्ने नेताले आफ्नो घर, आफ्नो परिवारलाई चाँही सुविधा दिने जनताको परिवार र देशलाई चाँही वास्ता नगर्ने गर्दैन । गफ दिन, भाषण दिन जसलाई पनि आउँछ तर मुखले बोलेको कुरा व्यावहारमा लागु नगर्ने नेता गफाडी हो । देशका लागि जनताका लागि जे पनि गर्छु भन्ने तर आफ्नो घर तगडा बनाउने, आफ्ना सन्तानलाई महँगा अझ विदेशी स्कुल, कलेजमा पठाउने नेता जो सुकै होस उसले देश र जनतालाई माया गरेको छैन छैन छैन ।

एक पटक उच्च सरकारी अधिकारी र मन्त्रीका छोराछोरीले अनिवार्य रुपमा सरकारी स्कुल र कलेजमा मात्रै पढ्नु पर्ने नियम लगाइयोस् । एक पटक देशका सारा नेताहरुले स्वदेशी अस्पतालमा मात्रै उपचार गर्न पाउने नियम लगाइयोस्, यो देशका सरकारी स्कुल, कलेज र अस्पतालमा रातारात सुधार आउने छ ।

देश बनाउँछु भन्ने राजनीतिज्ञहरुले यति आँट गर्दैनन् भने बाँकी कुरा गफ हुन । गफै सुन्नत घर नजिकको चिया पसल नै काफी छ किन चाहियो संसद ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up