चमत्कारी चीनले बनायो संसारकै लामो समुद्री पुल (फोटोफिचर)

एजेन्सी – चीनले संसारकै लामो समुद्री पुल बनाएको छ । हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोड्ने पुलको निर्माण गरेको चीनले उद्घाटन कार्यक्रम यही महिनालाई राखेको छ । पुलमा ६० वटा एफेल टावर बनाउन पुग्ने स्टिल प्रयोग गरिएको छ ।

यो चीनको सबैभन्दा महत्वकांक्षी मेगाप्रोजेक्ट हो । यो पुलको लम्बाई ३४ माइल छ । यो संसारको सबैभन्दा लामो समुद्री पुल हो । हङकङ–झुहाई–मकाउ ब्रिज नाम यो परियोजनाले यस क्षेत्रमा यात्रा गर्न आधा समय कटौती गर्ने बताइएको छ । अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ । यो पुलमा ६ लेन र चार सुरूङ छन् ।

जसमा एक सुरूङ पानि मुनीबाट बनाइएको छ । यो पुल निर्माणमा ४ लाख २० हजार टन स्टिल प्रयोग गरिएको छ । पुलमा पैदल यात्रीले यात्रा गर्न पाउँदैछन् । यो बस र कारका लागि मात्रै बनाइएको हो । यो पुलको आयु १२० बर्ष रहेको बताइएको छ ।

केही तस्वीरहरु:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up