करिश्मा मानन्धरले प्रम केपी शर्मा ओलीसमक्ष यस्तो रमाइलो प्रस्ताव राखेपछि ओलिले अट्केर यस्तो भने

यही शनिबार प्रधानमन्त्री ओलीले चलचित्रकर्मीलाई आफ्नो निवास बालुवाटारमा बोलाएर दिवा भोज गराए ।
त्यसक्रममा ओलीले वैशाखको पहिलो साता आफूले विद्यालय नजाने एउटी बालिकालाई विद्यालयमा भर्ना गराएर ‘भर्ना दिवस’ मनाउने घोषणा गरे । घोषणा लगत्तै प्रधानमन्त्री ओलीसँग सेल्फी खिच्नेहरूको तँछाड–मँछाड चल्यो । त्यही क्रममा अभिनेत्री मानन्धरले सञ्चारकर्मी दिनेश डिसीमार्फत एउटा रमाइलो प्रस्ताव राखिन् ।

उनको प्रस्ताव थियो वैशाख ५ गतेको भर्ना अभियानमा आफूलाई ब्रान्ड एम्बेसडर बनाउने । करिश्माको प्रस्ताव सुनेर प्रधानमन्त्री टक्क अडिए र भने– ‘तपाईं मलाई मनपर्ने अभिनेत्री हो ।’ करिश्माले अघिल्लो वर्षदेखि आफू कक्षा ८ मा भर्ना भएर विद्यालय जान थालेको कुरा पनि सुनाइन् ।

उनको कुरा सुनेपछि भावुक भएका प्रधानमन्त्रीले आश्वासन दिए–‘म त्यो दिन तराईको कुनै जिल्ला पुगेर एउटी अबोध बालिकालाई विद्यालयमा भर्ना गराउँछु, त्यही दिन काठमाडौं फर्कन पाइयो भने तपाईंसँग पनि मिलेर अघि बढौंला ।’ -साप्ताहिक कान्तिपुर बाट साभार

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up