अझै पनि पृथ्वीमा पाताल लोक छ, जहाँ जमीनमुनि यसरी जीवन गुजारा गर्छन मानिस

अफ्रीकन देश ट्यूनिशियाको एउटा क्षेत्रमा आज पनि मानिस जमिन मुनि अर्थात् पाताल नगरीमा बस्ने गर्छन्। अहिले पनि त्यहाँ मानिसहरु पाताल अर्थात् जमिनमुनि बनाएको घरहरुमा बस्ने गर्छन्।

ती घरहरुको निर्माण लगभग एक सदी भन्दा पहिले गरिएको थियो। आनुस, हामि तपाईलाई त्यही पाताल लोकको जीवन कस्तो छ । त्यहाँ मानिसहरु कसरी बसोबास गरिरहेका छन् बताउन जाँदैछौं। यो हो क्षेत्र हो, ट्यूनिशियाको दजेबेल दाहर भन्ने ठाउँ, जहाँ मानिसहरु आज पनि सयौं वर्ष पूराना घरमा बस्ने गर्छन। ती घरहरु जमिन भन्दा तल अर्थात् जमिनको सतह भन्दा तल निर्माण गरिएका छन्।

वास्तवमा यी घरहरु पातालमा बनाउनुको कारण यो क्षेत्रमा चल्ने तातो हावा हो। जसका कारण मान्छेको ज्यानै जाने समेत खतरा हुन्छ। यहाँ चल्ने तातो हवाबाट बच्नको लागी यहाँका मानिसहरुले सयौं वर्षदेखि यहि विकल्प रोज्दै आएका छन्। जसका कारण उनीहरुले धर्तीको मुनी नै आफ्नो घर बनाएर बसिरहेका छन्।

१०० वर्ष भन्दा पनि पुराना यी घरहरुमा मानिसहरु आज पनि मज्जाले बसिरहेका छन्। यहाँको तातोको निकै राम्रो विकल्प उनीहरुले छानेका छन्। यहाँ बस्ने धेरैजसो मनिसहरु तिनै मैशारू हुन्, जसको जग्गा जमीन नजिकै छ। र, जहाँ उनीहरुले खेतीपाती गर्ने गर्छन्। यसबाहेक केही मानिसहरु यो क्षेत्र छोडेर शहरी क्षेत्रमा गएर पनि काम गरिरहेका छन्।

तर, पनि यस ठाउमा बस्ने मानिसहरु अहिले पनि निकै ठूलो संखयामा रहेका छन्। उनीहरुले भन्ने गर्छन, हामीहरुलाई यहि जमीनसंग मायाँ छ, त्यसै कारण उनीहरु यो ठाउँ छोडेर कहिँ पनि जान चाहाँदैनन् ।

यहाँ बनेका धेरैजसोप घरहरु माटोबाट बनेका छन्, जसले भीषण गर्मीमा पनि चिसो बनाई राख्न मद्दत गर्ने गर्छ। यस बाहेक यसको बनावट पनि यस्तो हुने गर्छ की, हावा आउनको लागि प्रसस्त ठाउँ रखिएको हुन्छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up