अन्जु पन्तको यस्तो नयाँ गीत रिलिज भयो, एक घण्टामा नै हजारौँले हेरे हेर्नुहोस भिडियो सहित

काठमाडौँ । गुरूङ चलचित्रका अभिनेता गोरखाका विरूप घले (वीरबल) को निर्देशन रहेको पहिलो म्युजिक भिडियो एउटै हाम्रो मनमुटुू युटुब मार्फत रिलिज भएको छ । गुरूङ फिल्म बारपाकी मायाबाट चर्चामा आएको कलाकार विरूप घले कलाकारिता क्षेत्रमा निरन्तर लागि रहनको लागि म्युजिक भिडियो निर्देशनमा हात हालेको बताउँछन् ।

रिलिज भएको ५ घन्टामा ५ हजार भ्युअर्स क्रस गरेको प्रारम्भिक नतिजा र दर्शकहरूको प्रतिकृयाले उत्साहित भएको बताए । यद्यपि पहिलो पटक र सिक्नु पर्ने धेरै बाँकी रहेकोले केही कमी कमजोरीहरू अवश्य भएको स्विकारे । यसैगरी यो गीत डिस होम रमाईलो टिभीबाट पनि प्रसारण भईरहेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up