अचम्मको संसार : ८५ वर्षको उमेरमा बेश्या बन्ने रहर जागेपछि….

लण्डन । ‘मलाई थाहा छ कि म सेक्सी छु र मानिसहरु मलाई हेर्छन्’ यो भनाइ हो ८५ वर्षीया ती महिलाको जो यो उमेरमा वेश्यवृत्ति रोजेकी छन्।

उनलाई बेलायतको सबैभन्दा वृद्धा बेश्याका रुपमा लिने गरिन्छ । तर प्रेम र सेक्सका बारेमा शीला भोगेल कुप अलि फरक सोच्छिन्।

सामान्यतः मानिसहरु ५० वा ६० वर्ष लागेपछि जीवनलाई अलि गम्भिर रुपमा लिने गर्दछन् ।उनीहरुको जीवनमा रोमान्स अन्तय हुने गर्दछ र स्वयमलाई बुढ्यौलीले छोएको ठान्दछन् । उनीहरुको कुराबाटै थाहा हुन्छ कि उनीहरुमा उमेरको असर हावी भएको छ। उनीहरुको जीवन अलि बोरिङजस्तो लाग्छ । तर यही महिलाको कुरा गर्ने हो भने उनले त त्यो काम गरेर देखाइन् जुन थाहा पाएर सबै आश्चर्यमा पर्ने छन् ।

शीला भोगेल कुप एउटी ८५ वर्षीया महिला हुन् । उनको दुई पटक विवाह भयो । तर दुर्भाग्यवस दुवै श्रीमानको मृत्यु भयो । यस्तो भएपछि यस उमेरका मानिसहरु यात आफ्नो जीवन भगवानको नाम गर्छन कि त पुजापाठ गरेर वा बचेको जीवन कुनै प्रकारले बिताउँछन् । तर, शीलाले भने अलि फरक गरिन्। उनले आफ्नो सौन्दर्य वा आकर्षणको लाभ उठाउँदै अहिले पनि जीवनलाई रोचक बनाइरहेकी छन्।

शीला एउटी बेश्या हुन् । उनी भन्छिन्–म यो काम आफ्नो खुसीका लागि गर्छु । ८५ वर्षको उमेरमा बेश्यावृत्ति त्यो पनि शौखका लागि ….। भएन त विचित्रको कुरा ।

पुरुषलाई आकर्षित गर्न शीला एक घण्टाका लागि २५० युरो लिन्छिन् । यो भन्दा महत्वपूर्ण कुरा ८५ वर्षीया शीला एक हप्तामा दश जना पुरुषसँग शारीरिक सम्बन्ध कायम गर्छिन् । जसमा उमेरको कुनै सीमा छैन । किनभने उमेर ढल्केकादेखि २० वर्षसम्मका जवान युवा पनि हुन सक्छन् ।

गत वर्षदेखि बेश्यावृत्ति जगतमा प्रवेश गरेकी शीला ‘पूर्व एक्स फ्याक्टर प्रतियोगी केटी वैसल’ की हजुरआमा हुन् । उनका अनुसार जब परिवारलाई उनको यो कामबारे थाहा भयो तब शीलासँग यो काम छोड्नका लागि आग्रह गरियो । तर शीलाले अस्वीकार गरिन् ।

बेश्यावृत्तिमा लागेकी शीलालाई यो क्षेत्रमा भएकोमा कुनै पश्चाताप र गुनासो छैन । उनी आफ्नो राजीखुसीले यो क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी भन्छिन्–जब कुनै पुरुषले मलाई हेर्छन् तब मलाई राम्रो लाग्छ । मलाई थाहा छ म निकै सेक्सी छु।

उनले अगाडि भनेकी छन्–मलाई यो काम गर्न राम्रो लागेको छ। म केवल सेक्सका कारण यो सब गरिरहेछु । र यहाँसम्म कि सेक्सका बारेमा सोच्न पनि मलाई राम्रो लाग्छ ।

शीला बुलन्द हौसला र जोशका साथ यो काम त्यतिबेलासम्म गर्न चाहन्छिन् जहिलेसम्म उनलाई मन लाग्नेछ । शीला भन्छिन्–मलाई यो कुरामा गर्व छ कि यति धेरै उमेरमा पनि मैले स्वयमलाई यस अवस्थामा राखेकी छु। मानिसहरु मलाई मन पराउँछन् । म यस क्रमलाई कहिल्यै पनि अन्तय हुन दिने छैन । एजेन्सी

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up