“अब दलालहरुको केन्द्र काठमाडौ र सिंहदरबारमा बम पड्काएर लडाई हुन्छ” : रणवीर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’ले राज्यले सत्ताको आडमा आफुहरुमाथि दमन गरे त्यसको जवाफमा सिंहदरबारमै बम पड्काउने चेतावनी दिएका छन् ।

कालिकोटको रास्कोटमा नेकपाले गरेको आमसभालाई सम्बोधन गर्दै नेता बमले अबको क्रान्ति गाउँभन्दा बढी सहर र काठमाडौमा केन्दृत हुने बताए । “राज्यले थोपरिरहेको युद्धका विरुद्ध हामीले क्रान्तिको नयाँ मोडेल अगाडि सारेका छौं । अब जनताको घर आँगनमा हैन, दलालहरुको केन्द्र काठमाडौ र सिंहदरबारमा लडाई हुन्छ” रणवीरले भने ।

देश र जनताको जीवनमा परिवर्तन ल्याउने कुरा प्रधान भएको भन्दै बमले मंसिरमा घोषणा गरिएको चुनावले वास्तविक शान्ति र समृद्धि स्थापना गर्न नसक्ने बताए । प्रचण्ड–बाबुरामले संसदबादी दलसँग आत्मसमर्पण गर्दै सहिदका सपनालाई बिक्री गरेको आरोप लगाउँदै उनले स्वविवेकले चल्न माओवादी कार्यकर्तालाई आग्रह गरे ।

चुनाव खारेजी अभियनको सिलसिलामा नेकपा कालिकोटको आयोजनामा शनिबार जनसभाको आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै पुर्वसभासद तथा अनेमसंघ(क्रान्तिकारी)का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ले सिंहदरबारले किसान, मजदुर, दलित, महिला, श्रमिक जनताको शान्तिपुर्ण आवाज नसुनेकाले आफू फर्किएर जनताको बिचमा आएको बताइन् ।

जिल्ला पार्टी इन्चार्ज लोकजंङ्ग शाही ‘समर’ले कालिकोट सधैं क्रान्ति र परिवर्तनको पक्षमा उभिएको स्मरण गर्दै आगामी मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बहिस्कार गर्न जनतालाई आग्रह गरे ।

कार्यक्रममा नेकपा सेती ब्युरो सदस्य हिमशिखर, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य सुनिता बम ‘कामना’, राष्ट्रिय युवा जनस्वंयमसेबकका कर्णाली ब्युरो संयोजक दिनेशलगायतले आगामी चुवाबमा मतदान नगर्न अपिल गरेका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up