विप्लवलाई यी कम्युनिष्ट नेताले भने चन्दा उठाएर क्रान्ति हुँदैन, आउनुस् एकता गरौँ हेर्नुहोस (भिडियाे सहित)

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टीहरु बादलमा रुमल्लिएका झैँ देखिन्छन् । कम्युनिष्ट नेताहरु क्रान्तिको कुरा त गर्छन् उनीहरुसँग प्रष्ट खाका छैन ।

१० वर्षे युद्धबाट आएको माओवादी पार्टी फुटेर अहिले विभिन्न समूह बनेका छन् । शान्ति प्रक्रियासँगै उनीहरु आआफ्नै समूह बनाएर पार्टी संचालन गर्दैआएका छन् ।

मोहन बैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरु पुष्पकमल दाहाल प्रचण्ड प्रतिक्रियावादीको गोटी बनेको भन्दै अझै क्रान्ति आवस्यक रहेको बताउँदैआएका छन् ।

त्यसो त, सुरुमा अलग भएका मोहन बैद्यलाई पनि आरोप लगाउँदै विप्लव एक्लिए । अहिले विप्लव नेतृत्वको पार्टी गाउँ गाउँमा सथानीय तहका प्रतिनिधिहरुलाई राजिनामा दिन दबाब दिन थालेको छ ।

बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेताहरु भने निस्क्रिय छन् । यद्यपि उनीहरुबीच एकताको गुन्जासय छ । उनै मोहन बैद्य नेतृत्वको पार्टी नेकपा क्रान्तिकारी माओवादीका नेता तथा माक्र्सवादी लेखक हस्त केसीसँग नेपालआजले यसपटक बहस गरेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up