आईजिपी बिवाद: ओली र प्रचण्डको रोजाइमा फरकफरक व्यक्ति परे, अब के होला ?

काठमाडौं । नेपाल प्रहरी र सरसस्त्र प्रहरीमा रिक्त आईजिपी पद परिपुर्तमा सम लम्बिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नमिल्दा प्रहरी महानिरीक्षक नियुक्तसम्बन्धि निर्णय लम्बिएको हो।

ओली र प्रचण्डको रोजाइमा फरकफरक व्यक्ति परेपछि मन्त्रिपरिषद्को बैठकले निर्णय गर्न नसकेको हो। कसलाई आइजिपी बनाउने भन्ने तय नहुँदा गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्ताव नै पेश गरे ।

मंगलबार बिहान बढुवा सिफारिस समितिको बैठकमा छलफल भए पनि प्रधानमन्त्रीबाट प्रस्ट जवाफ नआउँदा प्रक्रिया अघि बढ्न नसकेको गृहका एक अधिकारीले बताए।

स्रोतका अनुसार ओलीको रोजाइमा पुष्कर कार्की तथा प्रचण्डको रोजाइमा सर्वेन्द्र खनाल परेका छन्। नेपाल प्रहरीमा कुरा नमिलेकाले सशस्त्र प्रहरीको आइजिपी नियुक्ति प्रक्रिया पनि अघि बढेन।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगनठका महानिरीक्षकले बुधबारदेखि अवकाश पाउँदैछन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up