६०० करोडका फिल्ममा सलमान, शाहरूख र आमिरको बलिउड धमाका, कस्ले कति कमाउला ?

काठमाडौं, २७ चैत । २०१८ मा सलमान, आमिर र शाहरुख खान आफ्ना ठूला बजेटका फिल्मका साथ आइरहेकाछन । उनीहरुका कूल ६०० करोड भन्दा बढी बजेटका फिल्म यही बर्ष रिलिज हुनेछन् । सलमान ‘रेस ३’, ‘दबंग ३’, शाहरूको ‘जिरो’ र आमिर ‘ठग्स अफ हिन्दोस्तान’ लिएर दर्शकमाझ आउँदैछन् ।

उनीहरुका फिल्मले बक्स अफिसमा धूम मच्चाउने अनुमान गरिएको छ । २०१८ मा खानमा सुपरस्टार केही परिवर्तितरूपमा दर्शक माझ आउँदैछन् । जुन उनीहरुका फ्यानले अहिलेसम्म देखेका छैनन् ।

सलमान पहिलो पटक नेगेटीभ रोलमा देखिदैछन् । शाहरूख पुड्के मानिसको रूपमा देखिँदा आमिर भने ठगको भूमिकामा देखिनेछन् । तीन खानका फिल्मले १ हजार करोड भन्दा बढी कमाउने बताइन्छ ।

सलमानको ‘रेस ३’ १५० करोडको बजेटमा बन्दैछ । यस्तै ‘दबंग ३’ ५० करोडको बजेटमा बन्न लागेको छ । दुवै फिल्मको बजेट २०० करोड रहेको बताइएको छ । ईदमा रिलिज हुने ‘रेस ३’ ले २०० करोड माथिको व्यापार गर्न सक्नेछ । ‘दबंग ३’ ले २५० देखि ३०० करोडको आँकडा पार गर्ने बताइन्छ ।

शाहरूखको ‘जिरो’ १८० करोडको बजेटमा बन्न लागेको हो । फिल्मको भिएफएक्समा धेरै खर्च गरिएको छ । क्रिसमसमा रिलिज हुने फिल्मले १५० करोड माथि कमाउने अनुमान गरिएको छ ।

आमिरको ‘ठग्स अफ हिन्दोस्तान’ २१० करोडको बजेटमा बनिरहेको छ । यो फिल्मले ३०० करोड माथि कमाउने अनुमान गरिएको छ । -एजेन्सी

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up