नयाँ आईजीपी को बन्ला भन्ने ढुकढुकी बीच आयो यस्तो खबर

काठमाडौं । वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्याल विदा हुन ३६ घन्टा बाँकी रहँदा सरकारले मंगलबार नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक चयनको विषय आज पनि टुंगो लगाउन सकेन ।

आजको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक नियुक्तीको बिषयले प्रवेश नपाएपछि दुवै संगठनका प्रहरी महानिरीक्षकको टुंगो भोली मात्र लाग्ने भएको छ । बुधबार मध्यरातबाट दुबै संगठनका महानिरीक्षक अनिबार्य अवकाशमा जाने भएपनि गृहमन्त्रालयमा यो बिषयमा छलफल हुन सकेको छैन।

गृह सचिव प्रेमकुमार राईले महानिरीक्षक चयनको बिषय बुधबारमात्र टुङगिने बताए। नेपाल प्रहरीबाट डिआईजीत्रय सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्की तथा सशस्त्रबाट शैलेन्द्र खनाल र पुष्पराम केसीमध्ये एक एक जना महानिरीक्षक चयन हुनेछन् । दुवै प्रहरी संगठनका महानिरीक्षकले बुधबार मध्यरातबाट ३० वर्षे सेवाहदका कारण अनिबार्य अवकाश पाउनेभएपछि अर्को बैठकले त्यसको निर्णय गर्नेछ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up