अन्तरिक्षमा कोलोनीबाट खानेकुरा उत्पादन गरि मानव बस्ती बसाउने तयारी

एजेन्सी । आजकल अन्तरिक्षमा मानव बस्ती बसाउने तयारी चलिरहेको छ । तर त्यहाँ बस्न खोज्नेहरूलाई भोजन र स्वास्थ्यसम्बन्धी चिन्ता छ।

जिन्दगीको ५०० घन्टा अन्तरिक्षमा बिताएकी जापानकी ६६ वर्षीया एक महिलाले खाना उत्पादनको तयारी गरेकी छन्।

उनले सन् २०३० सम्ममा चन्द्रमामा कोलोनी स्थापित गर्न सकिने बताएकी छन् । अन्तरिक्ष वैज्ञानिक चिआकी मुकाई ३० सदस्यीय अनुसन्धान टोलीसँग टोकियो युनिभर्सिटी अफ साइन्सको उच्चप्रविधियुक्त प्रयोगशालामा अन्तरिक्ष कोलोनी परियोजना साकार बनाउन लागिरहेकी छन् ।

मुकाईको टोलीले अन्तरिक्षमा भोजन उत्पादन गर्ने तरिका खोजेको छ । एक नूनिलो पदार्थमा हाईभोल्टेज बिजुली सप्लाई गरेर तरल प्लाज्मा तयार पारिन्छ । यसको उपयोग भोजन उत्पादनमा गरिनेछ ।

नयाँ प्रविधिबाट आलु पनि छिट्टै उत्पादन गर्न सकिनेछ । मुकाई चन्द्रमामा बन्ने कोलोनीलाई जीवनकालमा देख्न चाहन्छिन् र फेरि एकपटक अन्तरिक्षको भ्रमण गर्न चाहन्छिन् ।

मुकाईको टोलीले थर्मोइलेक्ट्रिक सेन्सरमार्फत बिजुली उत्पादनको सिस्टम पनि बनाएको छ जसको आकार आईपड न्यानो जत्रै हुनेछ।

यसले अन्तरिक्ष कोलोनीका घरमा तापक्रम सामान्य राख्नेछ । अन्तरिक्षमा बाहिरी तापक्रम १३० डिग्री सेन्टिग्रेड हुन्छ भने राति माइनस २३० डिग्री सेन्टिग्रेड हुन्छ।

यसले कोलोनीभरि आवश्यकताको हिसाबले बिजुली बनाउनेछ । मुकाईको अर्को टोलीले अन्तरिक्षमा फोहरमैला प्रबन्धनमा काम गरिरहेको छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up