२४ घन्टामै पृथ्वीमा खस्दै अनियन्त्रित अन्तरिक्ष यान, कहाँ र कसरी खस्ने ?

एजेन्सी – चिनको अनियन्त्रित अन्तरिक्ष यान अबको २४ घण्टामा पृथ्वीमा खस्ने अनुमान गरिएको छ । चिनियाँ स्पेस एजेन्सीले आफ्नो संचार वाहिर रहेको सो अन्तरिक्ष यान सोमबार सम्म पृथ्वीमा खसिसक्ने अनुमान गरेको बीबीसीले उल्लेख गरेको छ । ४० फिट लामो र ८.५ टन भारी टियानगोङ्ग–१ नामको सो यान सन् २०११ मा अन्तरिक्ष पठाइएको थियो । तर प्रयोग भएको पाँच वर्षपछि अर्थात सन २०१६ मा प्राविधिक समस्याका कारण सम्पर्क टुटेको थियो । वेलायती स्पेस एजेन्सीका प्रमुख इन्जिनियर रिचार्ड क्रोथरले पृथ्वीमा खस्ने सो यानका अधिकाँश हिस्साहरु आकाशमै नष्ट हुने भएतापनि बाँकी रहेको अंश पृथ्वीमा खस्ने बताए । क्रोथरले चलचित्रमा देखिएजस्तो यस घटना भयानक नहुने बताए । यतिबेला तेह्र अन्तरिक्ष सम्बन्धी संस्थाहरुले युरोपियन स्पेस एजेन्सीको मातहतमा रहि सो यान पृथ्वीको कुन भू–भागमा खस्छ भन्नेबारे चौबीसै घण्टा अनुगमन गरिरहेका छन् ।

जोखिममा रहेका क्षेत्र

चिनको अनियन्त्रित अन्तरिक्ष यान कहाँ खस्ने भनेर अनुगमन गरिरहेको युरोपियन स्पेस एजेन्सी इएसएले सो यान पृथ्वीको ४३ डिग्री उत्तर र ४३ डिग्री दक्षिणमा रहेका कुनैपनि भूभागमा खस्न सक्ने बताएको छ । यसको मतलब यस यान न्यूजिल्याण्ड देखी मध्य–पश्चिमी अमेरिकी क्षेत्रमा खस्ने इएसएको ठम्याई छ ।

कसरी खस्ने ?

सो अनियन्त्रित अन्तरिक्ष यान विस्तारै पृथ्वी नजिक आइरहेको वैज्ञानिकहरुले बताएका छन् । अष्ट्रेलियन सेन्टर फर स्पेस इन्जिनियरिङ रिसर्चका एक वैज्ञानिक डा. इलाइसका अनुसार चिनको सो यान पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि वेगका साथ पृथ्वीमा खस्नेछ । पृथ्वीमा खस्ने क्रममा सो यान तिव्र रापका कारण तातिने र अधिकाँश हिस्साहरु आकाशमै नष्ट हुनेछ । यद्यपी बाँकी रहेका अंशहरु प्रत्येक घण्टा २६ हजार किलोमिटरको रफ्तारमा पृथ्वीमा बजारिनेछ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up