भावी आईजीपीद्वयको नाम टुंगो लाग्यो, यस्तो छ नालीबेली !

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तनको समय नजिकिँदै जाँदा सम्भावित आइजीपीका बारेमा व्यापक चर्चा सुरु भएको छ । नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ यही चैत २८ मा नेतृत्वबाट विदा हुँदैछन् ।

आईजीपी अर्याल उनी विशेष परिस्थितिमा महानिरीक्षकको जिम्मेवारीमा आएका थिए भने श्रेष्ठ सहजै आईजीपी बनेका थिए । अर्याल र श्रेष्ठको अवकाशपछि देशभरी संगठन सञ्जाल भएको पुरानो संगठनको नेतृत्वमा को आउला भनि चासो र चर्चा हुनु अस्वाभाविक पनि मानिँदैन ।

तर नेपाल प्रहरीको नेतृत्व परिवर्तनको समयमा विगतमा हुनेगरेका राजनीतिक दाउपेचले भने यो संगठनले व्यावसायिक कौशल भएका अधिकृतहरुलाई पाखा पार्दै आएको अनुभव सुनाउँछन् उच्च तहकै प्रहरी अधिकारीहरु ।

तर, स्रोतका अनुसार सरकारले दुवै सुरक्षा संगठनका भावी आईजीपीको नाम टुंगो लगाएको छ । नेपाल प्रहरीमा रमेश खरेल र सशस्त्र प्रहरीमा पुष्पराम केसीको नाम टुंगो लगाएको हो ।

आगामी हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले खरेल र केसीको नाम सिफारिस गर्ने सरकारको तयारी रहेको उच्च स्रोत बताउँछ ।

बरियाताका अनुसार नेपाल प्रहरीका रमेश खरेल दोस्रो नम्बरमा थिए भने पहिलो नम्बरमा डिआईजी सर्वेन्द्र खनाल रहेका थिए । त्यस्तै तेस्रोमा डिआईजी पुष्कर काकी थिए ।

के छ नियमावलीमा ?

महानिरीक्षकमा बढुवा सम्बन्धी प्रहरी नियमावली २०७१ को परिच्छेद ४ को ४१ मा यस्तो व्यवस्था रहेको छ– ‘यस नियमावलीको नियम २८ मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरुमध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरुमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ’ भनी व्यवस्था गरिएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up