श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

कञ्चनपुर, साउन । श्रीमान्को कुटाइबाट कञ्चनपुरको बाइसेविचवा–७ की ३५ वर्षीया लक्ष्मी देवी ठकुल्लाको गए राति मृत्यु भएको छ ।

घरायसी विवादमा ३८ वर्षीय श्रीमान् चन्द्रबहादुर ठकुल्लाले निर्घात कुटपिट गर्दा घाइते भएकी लक्ष्मीदेवीको उपचारका लागि सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नैनसिंह कार्कीले बताउनुभयो । चन्द्रबहादुरलाई इप्रका त्रिभुवनवस्तीले नियन्त्रणमा लिएको छ । रासस

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up