यसकारण प्रधानमन्त्री ओलीसँग झुक्यो भारत

काठमाडौं। पहिलाेपटक केपी शर्मा अाेली प्रधानमन्त्री हुँदा नाकाबन्दी लगाएर घुँडा टेकाउन खाेज्दा असफल भएकाे भारत यसपटक अाफैँ पराजित भएर पछाडि हटेकाे छ ।

दुर्इतिहाइ बहुमतसहित दाेस्राेपटक सरकारकाे नेतृत्व गरिरहेका अाेली सरकारले राष्ट्रियतामाथि हुने कुनै पनि प्रहारकाे डटेर सामना गर्छ भन्ने स्पष्ट भइसकेकाे छ । किनभने यसपटक पनि अाेली सरकारले भारतलार्इ महाकाली नदीमा भारतले अनधिकृत रूपमा बनाएका ४ वटा अस्थायी काठेपुल हटाउन बाध्य पारेकाे छ ।

अाेली प्रधानमन्त्री हुनुअघि नै ती पुल बनाइएका थिए । सञ्चारमाध्यममा भारतले नेपालसँग कुनै सहमति नलिर्इ दार्चुलाकाे व्यास गाउँपालिका –२ राप्ला क्षेत्रका ४ ठाउँमा अस्थायी काठे पुलम बनाएकाे खबर सार्वजनिक भएपछि सरकारले चासाे देखाएकाे थियाे ।

सरकारले तत्काल ती पुल हटाउन कुटनीतिक पहल गरेपछि भारतपछि हटेकाे हाे । त्यस क्षेत्रका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर लालबहादुर साउदले भारतीय पक्षले पुल हटाएकाे जानकारी दिए ।

राप्लाको घाटिबगड र भारतको मालपा जोड्ने अस्थायी काठेपुल र नेपालको दोपाखे र भारतको छनकन जोड्ने अर्को काठेपुल पनि भारतीय पक्षले हटाएको प्रहरीको जनाएको छ ।

प्रधानमन्त्रीले यसबारे गृहमन्त्रीलार्इ चासाे राखेपछि गृहमन्त्री रामबहादुर थापा बादलले अाफू मातहतका अधिकारीलार्इ यसबारे निर्देशन दिएका थिए ।

साेही कारण गत फागुन २१ गते भारतको पिथौरागढमा बसेको नेपाल–भारत सुरक्षा अधिकारीको बैठकमा नेपाली पक्षले पुल हटाउन जाेडदार माग गरेकाे थियाे ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up