बल्ल पुगे देउवा अस्पतालमा विमान दुर्घटनाका घाइते भेट्न

काठमाडौं: कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनामा घाइतेहरुलाई अस्पताल पुगेर भेटेका छन् ।

 

देउवाले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा मंगलबार पुगेर घाइतेहरुसँग भेट गरेका हुन् । उनले घाइतेहरुको

स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाईँ नगर्न आफुले सरकारसँग माग गरिसकेको बताए ।

देउवाले दुर्घटनामा परेका घाइतेहरुको नि:शुल्क उपचारका साथै आवश्यकक क्षतिपूर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताए ।

‘सर्वप्रथम म तपाईँहरुको शीघ्र स्वासथ्य लाभको कामना गर्दछु,’ देउवाले घाइतेहरुसँगको भेटमा भने, ‘उपचारमा कुनै कमि आउन नदिन र आवश्यक क्षतिपूर्तिको लागि सरकारसँग आजै पहल गर्छु ।’

देउवाले दुर्घटना भएलगत्तै एक विज्ञप्ती जारी गर्दै घाइतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न, उद्दार कार्यमा तदरुकता अपनाउन र विमान दुर्घटनाको तत्काल छानबिन समिति गठन गर्न पनि आग्रह गरेका थिए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up