विश्वकै सबैभन्दा बढी हतियार आयात गर्ने देश भारत,कुन देशबाट धेरै हतियार ल्याउँछ?

नयाँ दिल्ली । पछिल्ला पाँच वर्षमा जस्तै यस पल्ट पनि भारत विश्वकै सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ ।

त्यस्तै अमेरिकाद्वार भारतमा गरिने हतियार निर्यातमा पनि भारी वृद्धि भएको छ । सन् २००८–१२ मा भन्दा २०१३–१७ मा पाँच सय ५७ प्रतिशतले वृद्धि भएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार स्टकहोममा भैरहेको थिंकट्यांकहरुको बैठकमा भारतमा हतियार आयातमा २४ प्रतिशतले वृद्धि भएको बताइएको थियो ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्यूटको आंकलन अनुसार पछिल्लो एक दशकमा भारत सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ ।

रिपोर्टका अनुसार रुस भारतको सबैभन्दा ठूलो हतियार निर्यात गर्ने देश हो । सन् २०१३–१७ मा रुसले ६२ प्रतिशत, अमेरिकाले १५ प्रतिशत, इजरायलले ११ प्रतिशत हतियार भारतमा निर्यात गरेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up