पितामाथि यस्ता आरोप लगाएर , युएईबाट भाग्निन् दुबईकी राजकुमारी

काठमाडौं, २९ फागुन । के दुबईमा राजकुमारीहरूको जिन्दगी जनवारको झै छ ? के उनीहरूलाई महलमा कैद गरेर राखिन्छ ? यी प्रश्न अनुत्तरित छन् ।

 

तर अन्तराष्ट्रिय संचार माध्यमहरूका अनुसार युएईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमकी छोरी युएईबाट भागेकी छन् । उनले बेलायती पत्रिका डेली मेलसँग कुरा गर्दै अमेरिकामा शरण मागेकी छन् । तर यो कुराको आधिकारीक पुष्टि भने भएको छैन ।

डेली मेलमा प्रकाशित समचार अनुसार, संयुक्त अरब इमिरेट्सका शासक शेख मोहम्मदकी छोरी भएको दावी गर्ने लतिफाले बबुलाई केही आरोप लगाएकी छन् ।

३३ बर्षकी शेख लतीफाले आम मानिसझैं जिवन विताउन उनी युएईबाट भागेको बताएकी छन् । युएईमा महिलालाई धेरै पिडा दिइने गरेको र आफुलाई तीन बर्ष जेलमा राखेको उनले दावी गरेकी छन् ।

आफुलाई मानसिक उपचारको बाहनामा अस्पतालमा नजरबन्द गरिएको उनको भनाई छ । दुबईमा आफ्नो कुनै पब्लिक फ्रोफाइन नभएको र आफ्ना पिताका ६ छोरी सहित ३० बच्चा रहेको उनको आरोप छ ।

कसरी भागिन् लतीफा ?

लतीफाले एक जासुसको सहयोगमा भारतको गुमनाम सुमद्री तटमा लुकेको बताएकी छन् । अब उनी शरण लिन चाहान्छिन् । १६ बर्षको उमेरमा भाग्ने कोशिस गरेपनि सफल हुन नसकेको उनले बताएकी छन् ।

त्यस घटनापछि उनि माथि कडा निगरानी गरिएको थियो, र जेलमा राखिएको थियो । सन् २००० पछि देश बाहिर नगएको र कार चलाउने अनुमति समेत नदिइएको उनको भनाई छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up