बोक्सी काण्ड : राधा चौधरीमाथि कुटपिट गर्नेहरु दोषी ठहरिए ८ वर्षसम्म कारागार

फागुन २९,काठमाडौँ- श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई कुटपिट गर्नेहरु दोषी भएमा ५ देखि ८ वर्षसम्म कारागार राखिने बताएकी छन्।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले मन्त्रालयका सहसचिव राधिका अर्यालको नेतृत्वमा विशेष टोली घटनास्थलमा केही दिनभित्र पठाउन लागिएको र अहिलेसम्म तीन अभियुक्तलाई पक्राउ गरिएको बताउँदै नगरपालिकाका प्रमुखलाई पनि कडा कारबाही गरिने र पीडितलाई उचित संरक्षण गरिने जानकारी दिइन्।

साक्षात्कारमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्मम कुटपिट भइरहँदा टुलुटुलु हेर्ने नगर प्रमुख ममताप्रसाद चौधरीलाई पहिला कारबाही गरेर देखाउन सरकारसँग माग गरेका छन्।

नेकपा (माओवादी केन्द्र) का नेता लेखराज भट्टले कैलालीको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै छ घण्टासम्म निरन्तर कुटपिट हुँदा उक्त दृश्य छायाङ्कन गरेर बसिरहने मानिस तथा निरीह र गैरजिम्मेवार जनप्रतिनिधिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up